अष्ट्रेलियन युवाहरु जुवा तासको लतमा, महिनामै गुमाउँदै १५ सय डलर !
ब्रिजबेन । १८ देखि ३४ वर्षका अष्ट्रेलियन युवाहरु जुवातासको जोखिममा रहेको सरकारी तथ्यांकले देखाएको छ । संघीय सरकारको एजेन्सीमा आवद्ध अष्ट्रेलियाली जुवा अनुसन्धान केन्द्र अष्ट्रेलियन इन्स्टिच्युट अफ फेमिली स्टडिज (एआईएफएस) ले प्रकाशित गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।
अध्ययनका अनुसार १८ देखि ३४ वर्षका अष्ट्रेलियन युवाहरुले सबै प्रकारका जुवाहरुमा एक महिनामा औसत १ हजार ४५३ अष्ट्रेलियन डलर (९१४ अमेरिकी डलर) खर्च गर्ने गरेको पाइएको छ । यो उमेर समूहका ८९ प्रतिशतले जोखिम मोलेर जुवा खेल्ने गरेको अध्ययन तथ्यांकले देखाएको छ ।
समाचार श्रोत : सिन्ह्वा
तपाईको प्रतिक्रिया