Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसंघ र प्रदेश सबैतिर प्रतिपक्षी भुमिकामा एमाले !

संघ र प्रदेश सबैतिर प्रतिपक्षी भुमिकामा एमाले !


काठमाडौं । माओवादी केन्द्रबीचको चुनावी तालमेलसँगैको पार्टी एकताबाट शक्ति आर्जन गरेको एमाले नेकपा र एमाले विभाजन पछिको बदलिदो राजनैतिक घटनाक्रमसँगै संघ र सबै प्रदेशमा प्रतिपक्षी दलको भुमिकामा पुगेको छ ।

परिवर्तित राजनीति र एमाले बिरुद्धको गठबन्धनले प्रदेश सरकारहरु अस्थिर राजनीतिका केन्द्र समेत बन्न पुगेका छन् । एकपछि अर्को सरकार गुमाउदै नेकपा एमाले अव संघ देखि प्रदेशसम्म सत्ता पक्षबाट प्रतिपक्षी भुमिकामा पुगेको छ । एमाले र सत्ताको शक्ति गुमाउँदैगर्दा ४ दलिय सत्ता गठबन्धन भित्र भने सत्ता संघर्ष चुलिदो छ । तत्कालीन वाम गठबन्धनमा चारवटा प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएको एमालेले तत्कालीन नेकपा विघटन र पछिल्लो समय एमालेमै विभाजन आएपछि प्रदेशका सबै नेतृत्व गुमाएको छ ।

तत्कालिन प्रधानमन्त्री शर्मा ओलीले पुस ५ मा पहिलोपटक प्रतिनिधिसभा विघटन गरेपिछि राजनीतिले नयाँ रुप लिएको थियो । संघीय सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले असार २८ मा सर्वोच्चको परमादेशका कारण सरकारबाट बाहिरिनु पर्यो । एमालेले लुम्बिनी, गण्डकी प्रदेश आफ्नै पार्टीभित्रको अन्तरकलह र बिभाजनका कारण एकपछि अर्को गर्दै गुमाएको छ । प्रदेशमा राजनीतिक दलहरुबीच भएको सहमति कार्यान्वयनमा केन्द्रीय गठबन्धनले प्रभाव बढ्दो क्रममा देखिदैछ । गठबन्धनको प्रभावले नै देशका सात प्रदेशमध्ये दुई प्रदेशका मुख्यमन्त्रीले सोमबार एकै दिन राजीनामा दिएका छन् ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीको पनि सोमबार राजीनामा आएको छ । कर्णालीका मुख्यमन्त्रीले माओवादी र कांग्रेसबीच सात्ता साझेदारीको सहमति अनुसार नै ६ महिनामा मुख्यमन्त्री पद हस्तान्तरण गरेको बताइएको छ । मुख्यमन्त्री शाहीले राजीनामा नदिने अडान लिए पनि कांग्रेसले निरन्तर दबाब दिएर वाध्य पारेको थियो । प्रदेश १ मा एमालेबाट मुख्यमन्त्री बनेका भीम आचार्यले राजीनामा दिएका थिए । प्रदेश १ मा नेकपा एसको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको छ । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई ५० सांसदको समर्थनसहित गठबन्धन दलबाट मुख्यमन्त्री बन्दैछन् ।

कुन प्रदेश सरकार कहिले ढले ?
पार्टीभित्रको विवादकै कारण सबभन्दा पहिला एमालेले गण्डकी प्रदेश सरकारको नेतृत्व गुमाएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार जेठ २७ मा ढलेको थियो । यसपछि यो प्रदेशमा काँग्रेस नेतृत्वमा ५ दलीय गठबन्धनको सरकार बनेको छ । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको ठीक दुई महिनापछि अर्थात् ०७८ साउन २८ मा एमाले नेतृत्वमै रहेको लुम्बिनी प्रदेश सरकार ढल्यो । शंकर पोखरेलले हरेक चतुर्याई गर्दापनि सरकार जोगाउन नसकेपछि यो प्रदेशमा पनि ५ दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता कुलबहादुर केसी मुख्य मन्त्री बनेका छन् ।

गण्डकी र लुम्बिनीपछि एमाले नेतृत्वको बागमती प्रदेश सरकार ढल्न पुगेको छ । यो प्रदेशमा एमालेले डोरमणि पौडेलको राजीनामा गराएर उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाए पनि शाक्य नेतृत्वको सरकार ७१ दिनमा अथार्जत २०७८ भदौँ २ मा ढलेको छ । पौडेलको राजीनामा पछि मुख्यमन्त्री बन्नुभएकी शाक्यले कात्तिक १० गते राजीनामा दिएपछि यहाँ ५ दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका छन् । शाक्य नेतृत्वको सरकार ढलेको ५ दिनमा प्रदेश एकमा शेरधन राईलाई राजीनामा गर्न लगाएर मुख्यमन्त्री बनेका भीम आचार्यको सरकार पनि ढलेपछि एमाले संघ र प्रदेश सबैतिर प्रतिपक्षी भूमिकामा पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ