Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsभोट हाल्न नपाउने भएपछि विद्यार्थीलाई सदस्य बनाउन ध्यानै दिइएन ।

भोट हाल्न नपाउने भएपछि विद्यार्थीलाई सदस्य बनाउन ध्यानै दिइएन ।


सिड्नी
गैर आवासिय नेपाली संघ अष्ट्रेलियामा ११ हजार ५ सय ७७ साधारण सदस्य बनेका छन् । यो अरु देशका संघको तुलनामा सबैभन्दा बढी हो ।
यति धेरै साधारण सदस्य हुदा समेत विद्यार्थीहरुको उपस्थिती ज्यादै न्युन छ । २०१९-२१ कार्यकालका लागि जम्मा ६१ जना विद्यार्थीले सदस्यता दर्ता गरेको एनआरएनए अष्ट्रेलियाले जनाएको छ । अष्ट्रेलियामा हाल ५० हजारको हाराहारीमा नेपाली विद्यार्थी पढिरहेका छन् ।
अष्ट्रेलियामा नेपाली विद्यँर्थीको संख्या बढेसंगै एनआरएनए अष्ट्रेलियाले सन् २०१५ देखि विद्यार्थीलाई पनि एशोसियटस् सदस्यता दिन थालेको हो ।
१० डलर तिरेपछि सदस्य बन्न पाइए पनि विद्यार्थीले भोट भन हाल्न पाउदैनन् ।

२०१९ मा एनआरएनए अष्ट्रेलियाका एशोसियटस् सदस्य बनेका विद्यार्थी
स्रोत NRNA Australia

मतदानको अधिकार नै नभएपछि चुनावको मुखमा खोलिन सदस्यता वितरणले विद्यार्थीलाई आकर्षित नै गर्न सकेन । जसरी पनि आफ्नो पक्षको मतदाता बढाउन लागि परेका उमेद्वारहरुले पनि भोटिङ अधिकार नभएका विद्यार्थीलाई सदस्य बनाउन पहल नै गरेनन् ।
विद्यार्थीसंग अन्तरक्रिया नहुनु तथा सदस्य बनेपछिका फाइदाहरुका बारेमा बुझाउन नसक्दा विद्यार्थीहरुमा एनआरएनए प्रति वितृष्णा आएको एनएसडब्लु युवा संयोजक विजय पलको भनाई छ । सहभागिता मुलक विभिन्न कार्यक्रम ल्याएर विद्यार्थी युवाहरुलाई एनआरएनएमा समेट्दै जानुपर्ने पलको भनाई छ । भिजन फर मोटिभेसन भन्ने युवा संस्थाका संस्थापक मध्येका एक विजय आगामी कार्यकालका लागि अष्ट्रेलियाको युवा संयोजक पदमा उठेका छन् ।
विद्यार्थीलाई मुलधारको एनआरएनएमा ल्याउनका लागि नेपाल सरकारको नियमभन्दा बाहिर गएर भएपनि विद्यार्थीलाई एशोसियटस् सदस्यता वितरण गरिएको एनआरएनएका प्रवक्ता डिला खरेलले जानकारी दिनुभयो ।
विद्यार्थीको भोटिङ अधिकार नहुनु तथा सदस्य बनेर के फाइदा हुने भन्ने नबुझ्दा विद्यार्थीले सदस्य बन्न चासो नदिएको खरेल पनि स्विकार्नुहुन्छ ।
हामीले विद्यार्थीलाई मुलधारका एनआरएनएमा ल्याउन विधान नै परिवर्तन गर्यौ प्रवक्ता खरेलले भन्नुभयो विद्यार्थीलाई कार्ड बनाएपछि हुने फाइदाहरुका बारेमा हामी काम गर्दै जाने छौ ।
एशोसियटस् सदस्य बनेपछि वर्षको कम्तिमा पनि ५ सय डरल छात्रवृत्ति दिने तथा विभिन्न रोजगारीका तालिमहरु निशुल्क प्रदान गर्न एनआरएनएले काम गरिरहेको उहाँको भनाई छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ