Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियाका नेपाली विद्यार्थीका लागि – ‘मातृभूमि रात्रीभोज’

अष्ट्रेलियाका नेपाली विद्यार्थीका लागि – ‘मातृभूमि रात्रीभोज’


सिड्नी
अष्ट्रेलियामा पढिरहेका नेपाली विद्यार्थीलाई सघाउन सिड्नीमा रात्रीभोज हुने भएको छ ।
हेल्प मातृभूमि च्यारिटी गाला डिनर नाम दिइएको रात्रीभोजबाट उठेको रकम यहाँ पढिरहेका नेपाली विद्यार्थीहरुको हितमा खर्च गरिने आयोजकले जनाएको छ ।
सिड्नीस्थिती नेपाली युवाहरुको सञ्जाल भिजन फर मोटिभेसन (भिएफएम) ले जुन २२ तारिख मा रात्रीभोजको आयोजना गर्न लागेको हो ।

रात्रीभोजबाट संकलन भएको रकमले विद्यार्थीका लागि विभिन्न सिपमुलक र चेतनामुलक कार्यक्रम गरिने भिएफएमका संस्थापक मध्येका एक विजय पल (पौडेल) ले बताउनुभयो ।
विद्यार्थीको संख्या बढेसंगै उनीहरुका समस्या पनि थपिदै छन् पलले भने ती समस्यासंग जुध्न हामीले च्यारिटी डिनर गर्न लागेका हौ ।
हाल भिएफमले विद्यार्थीलाई लक्षित गरेर समुन्द्र सुरक्षा र कफि तालिम जस्ता सिप मुलक र जानकारीमुलक कार्यक्रमहरु गर्दै आएको एनआरएन अष्ट्रेलियाको युवा संयोजकका उमेद्वार समेत रहेका पलको भनाई छ ।
रात्री भोज सिड्नीको रक्डेलस्थिते रेड क्याप्सिकम फङ्सन सेन्टरमा आयोजना हुदैछ । कार्यक्रममा सिड्नीमा रहेका कलाकारको विविध सांगीतिक प्रस्तुति रहने छ ।

संगितसहितको रात्रीभोजमा सहभागी हुन विद्यार्थीका लागि २९, स्टयान्डर ४९ र भीआइपी ९९ डलर टिकेट मुल्य तोकिएको छ ।
यो रात्री भोज मातृभूमि च्यारिटी डिनरको दोस्रो संस्करण हो । गत साल गरिएको पहिलो रात्रीभोजबाट उठेको रकमले नेपालको पर्वतमा रहेको मातृभूमि विद्यँलयमा कम्प्युटर ल्याब स्थापनामा गरिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ