Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsएनआरएनए अष्ट्रेलियामा केशव कँडेल समुह विजयी । क कस्ले मारे बाजी ?

एनआरएनए अष्ट्रेलियामा केशव कँडेल समुह विजयी । क कस्ले मारे बाजी ?


सिड्नी

गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको नेतृत्वमा केशव कँडेल विजयी भएका छन् । महत्वपुर्ण पदमा समेत कँडेल समुह नै विजयी भएका छन् ।
४ हजार मत ल्याएर कँडेल विजयी भएका हुन् । अध्यक्षका प्रत्यासी दिनेश पोखेरेलले जम्मा ३ हजार ७ सय ५७ मत ल्याएका थिए ।
अन्य महत्वपुर्ण पदमा समेत कँडेल समुह नै विजयी भएका छन् । महासचिवमा डाक्टर ज्ञानेन्द्र रेग्मी विजयी भएका छन् । त्यस्तै सचिवमा उषाकिरण बारियाले बाजी मारेकी छिन् । कोषाध्यक्षमा अनिल पोखरेलले विजय हासिल गरेका छन् । त्यस्तै युवा संयोजकमा इर्शाद अहमद चुनिएका छन् । नारी निकुञ्जको नेतृत्व सन्ध्या शाहको पोल्टामा पुगेको छ ।

कुन कुन राज्यमा जित

जुलाई ६ तारिख शनिवार भएको निर्वाचनमा नर्दन टेरिटोरी संयोजकमा हेम पुन र उप संयोजकमा भैरव याेगी विजयी भएका छन् । त्यस्तै वेष्टर्न अष्ट्रेलियाको संयोजकमा कृष्णमान श्रेष्ठ र उपसंयोजकमा माधव ढुंगाना ले विजयी झण्डा गाड्न सफल भएका छन् ।

राजधानी क्यानवेराकाे एनआरएनए संयाेजकमा चुडामणी सापकाेटा र उपसंयाेजकमा अशाेक बस्नेत विजयी भएका छन् ।

साउथ अष्ट्रेलिया संयोजकमा नविन पन्त र उपसंयोजकमा सन्तोषी गौतम विजयी हुदा ।
कुइन्सल्याण्डको नेतृत्व भने उमेश खड्काको पोल्टामा पुगेको छ । त्यस्तै उपसंयोजकमा अमित खत्रीले विजयीयात्रा थालेका छन् ।
भिक्टोरिया संयोजकमा प्रेम कंडेल र उपसंयोजकमा मणिरतन सापकोटा विजयी भएका हुन् ।
त्यस्तै न्यु साउथ वेल्स संयोजकमा देव गुरुङले बाजी मारेका छन् । भने उपसंयाेजकमा चुन्ना क्षेत्री चुनिएका छन् ।

तास्मानियामा चुनाव अघि नै सहमतिमा सन्देश परियार संयाेजक र किरण तिमल्सेना उपसंयाेजक सर्वसम्मतले चनिसकेका छन् ।

त्यस्तै आइसिसी सदस्यमा राजु अधिकारी, छवी प्रसाद सापकोटा र दिपक शर्माले बाजी मारेका छन् । त्यस्तै अरुणकुमार ठाकुर, नारायण काफ्ले, अशोक केसी र सन्तोष कुंवरले पनि आइसिसी सदस्यमा विजयी झण्डा फराएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ