Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsदृष्टीविहिन बालबालिकाको पठनपाठनमा यसरी जुटे राजेश हमाल (भिडियो सहित)

दृष्टीविहिन बालबालिकाको पठनपाठनमा यसरी जुटे राजेश हमाल (भिडियो सहित)


सरल गुरुङ/व्रिजवेन

नेपाली सिने जगतका महानायक राजेश हमाल खासै समाजिक अभियानहरुमा देखिदैनन् । न त अन्य कलाकारलाई जस्तो मुलधारको राजनीतिले नै छुन्छ ।
भूकम्पका बेला हास्यकलाकार धुर्मुस सुन्तली र नायिका स्वेता खड्का भत्किएका वस्ती उठाउन जुटिरहदा धेरै नेपालीले महानायकलाई सम्झिएका थिए ।
सबैको मनमा एउटै प्रश्न थियो – “दर्शकले यत्ति धेरै मनपराएको महानायक आखिर यो दुखमा कहाँ छन् ?” 
त्यसयता मिडियाका अन्तवार्ताहरुमा हमालले तत्काल समाजसेवा वा राजनीतिमा नआउने बताएका थिए ।
हालै मात्रै चर्चित टेलिभिजन कार्यक्रम को बन्छ करोडपतिबाट घरघरमा पुगेका हमालको क्रेज ठुलो पर्दाबाट सानो पर्दामा झनै बढ्यो ।
यसैबिच अष्ट्रेलियाव्यापी भ्रमणमा रहेका हमाल, यहाँको तेस्रो ठुलो शहर व्रिजवेनमा भेटिए ।
यसअघि नेपाली दर्शकले अपेक्षा गरे जस्तै महानायक राजेश हमाल एउटा पवित्र उदेश्यका साथ व्रिजवेन आइपुगेका रहेछन् ।
सिन्धुपाल्चोकका दृष्टीबिहिन बालबालिकाको पठन पाठन र जिवनस्तर उकास्नका लागि महानायकको नेतृत्वमा सपोर्ट फर सेल्टर सुरु भएको रहेछ ।
त्यहि अभियानका लागि सहयोग जुटाउन महानायक अष्ट्रेलियाव्यापी भ्रमणमा छन् ।
उनको यो अभियानमा व्रिजवेनका नेपालीले खुलेर सहयोग गरे । स्थानिय आयोजक ब्याल्क आई क्रियसनले व्रिजवेनबाट मात्रै ८ हजार डलर रकम संकलन गरेको छ ।
त्यहि कार्यक्रममा राजेश हमालले खुलाए सपोर्ट फर सेल्टरको इतिहास । व्रिजवेनका चर्चित पत्रकार डा भरतराज पौडेलले हमालसंग कार्यक्रमको स्टेजमै टेड टक शैलीको अन्तरवार्ता गरे । त्यहि अन्तवार्ताका क्रममा हमालले समाजसेवा प्रवेश र राजनीतिका विषयमा स्पष्ट पारेका छन् ।

हामीले त्यहि कार्यक्रमको मुख्य अंशको भिडियो तपाईका लागि सार्वजनिक गरेका छौ ।

भिडियो हेर्न यहाँ थिच्नुहोस् ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ