Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsब्रिजवेनमा ‘तिज र गलबन्दी’ । विद्यार्थीलाई छुटैछुट !

ब्रिजवेनमा ‘तिज र गलबन्दी’ । विद्यार्थीलाई छुटैछुट !


ब्रिजवेन

हिन्दु नारीहरुको महान् चाड हरितालिका तिज यसपाली व्रिजवेनमा गलबन्दीको साथमा मनाउने तयारी भएको छ ।
‘तिज धमाका’ नाम दिइएको कार्यक्रममा अहिलेका चर्चित लोकगित ‘गलबन्दी’का गायक प्रकाश सपुत मुख्य आकर्षकका रुपमा प्रस्तुत हुदैछन् । उनको गलबन्दी र ब्याटल गितले सहभागीलाई भरपुर मनोरञ्जन दिने आयोजकको दाबी छ ।

त्रिपल एन अनलाईन स्टोर र भानु बरालले संयुक्त रुपमा आगामी अगष्ट ३१ तारिखमा ब्रिजवेनको हथ्रोनमा तिज कार्यक्रम गर्न लागेको हो ।
तिज कार्यक्रमका लागि लोक गायक प्रकाश सपुतसंगै र गायक सन्दिप न्यौपाने, लोक तथा ब्याटल गायिका प्रिती आले र गायिका चन्दा अर्याल पनि ब्रिजवेन आउदैछन् ।
लोकगितको अलावा नृत्यको स्वाद चखाउन बुगिवुगीकी विजेता कविता नेपाली पनि ब्रिजवेन आउदैछिन् ।
नेपाली कलासंस्कृतीलाई प्रवासमा पनि निरन्तरता दिनका लागि तिज कार्यक्रम गर्न लागिएको आयोजक अमृत खत्रीले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी हुनका लागि १५ डलर टिकट शुल्क तोकिएको छ । कार्यक्रममा ५ सय भन्दा बढीको सहभागिता रहने आयोजकको दाबी छ ।

विद्यार्थी छुटैछुट, अभिभावकलाई निशुल्क

तिज कार्यक्रममा सहभागी हुन चाहाने विद्यार्थीलाई छुटैछुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । जनवरी २०१९ पछि अष्ट्रेलियाका आएका विद्यार्थी मध्ये ५० जनालाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आयोजक त्रिपल एन अनलाईन स्टोरको फेसबुक पेजमा गएर कमेन्टमा नाम दर्ता गर्ने पहिलो ५० जना विद्यार्थीले निशुल्क टिकपाउने आयोजक भानु बरालले जानकारी दिनुभयो । त्यस्तै अन्य विद्यार्थीहरुले भने आफ्नो आइडीकार्ड देखाएपछि ५ डलर छुट पाउनेछन् ।

नेपालबाट आफन्त वा छोराछोरी भेट्न अष्ट्रेलिया आएका अभिभावकलाई भने निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
पैसाको अभावमा तिजको रमाइलोबाट बञ्चित नहोस् भनेर निशुल्क र छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ