Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसावधान अष्ट्रेलिया ! ८ महिनामै ५३२ मिलियन डलर ठगी । नेपाली पनि जोखिममा

सावधान अष्ट्रेलिया ! ८ महिनामै ५३२ मिलियन डलर ठगी । नेपाली पनि जोखिममा


सरल गुरुङ
अष्ट्रेलियामा पढ्ने नेपाली विद्यार्थी होस् या यहाको डायस्फोरा अनलाईनबाट हुन सक्ने ठगी अर्थात स्क्याम बारे थप सचेत हुनुपर्ने अवस्था आएको छ ।
सन् २०१९ को अगष्टको पहिलो हप्ता अर्थात पछिल्लो ८ महिनाको अवधीमा मात्रै अष्ट्रेलियामा झण्डै साढे ५ सय मिलियन डलर ठगी भएको छ ।
यो तथ्यांक अष्ट्रेलिया सरकारको स्क्यामवाच भन्ने निकायले सार्वजनिक गरेको हो । गोलकोष्टमा ३ मिलियन डलर भन्दा बढी रकम स्क्याम गरेको अभियोगमा ५ जना पक्राउ परेको समाचार आएको भएको भोलिपल्ट स्क्याम वाचले तथ्यांक सार्वजनिक गरेको हो ।

उच्च प्रविधी र संगठित रुपमा हुने स्क्याम नियन्त्रणमा सरकारी निकायहरु कमजोर देखिएको अवस्थामा वर्षको अन्त्यसम्म यो रकम झनै बढ्ने देखिएको छ । स्क्याम वाचका अनुसार स्क्यामबाट अष्ट्रेलियाले यत्ति ठुलो रकम गुमाएको पहिलो पटक हो ।

अष्ट्रेलियामा कर कार्यालयको नाममा फस्टायो डरलाग्दो ठगी । नेपाली समुदाय उच्च जोखिममा 

मानिसहरु आफु स्क्यामको सिकार हुनै सक्दिन भन्ने आत्मविश्वासमा बाचेका हुन्छन् स्क्याम वाचका उपनिर्देशक डेलिया रिकार्डले भने तर, उनीहरुले नै स्क्यामरको सबैभन्दा पहिलो निशानामा हुन्छन् ।
‘मानिसहरुले स्क्याम सम्बन्धि आफ्नो ज्ञानलाई फराकिलो पार्नुपर्छ । स्क्यामरहरु व्यवसायिक व्यापारिक प्रकृतिका हुन्छन् । तालिम प्राप्त कल सेन्टरका कर्मचारीले जस्तो सुकै अवस्थामा पनि तपाईलाई झुक्याउन सक्छ ।’- रिकार्डले भने

 
सबैभन्दा बढी फेसबुक चिठ्ठा, पिरामिड शैलीको व्यापार र क्रिप्टो करेन्सीको नाममा स्क्याम हुने गरेको पाइएको छ ।
क्रिप्टोकरेन्सीको स्क्यामबाट मात्रै सन् २०१९ पछिल्लो ६ महिनामा १४.७६ मिलियन डलर ठगी भएको स्क्याम वाचको तथ्यांक छ ।
यत्ति ठुलो रकम ठगी गर्ने गिरोहहरु हत्तपत्त कानुनी दायरामा आउदैन् ।
स्क्याम वाचले स्क्यामबाट हुने ठगी कम गर्न एक साता लामो राष्ट्रिय जनचेतना सप्ताह सुरु गरेको छ ।
अगष्ट १२ देखि १६ तारिखसम्म जारी रहने जनचेतना सप्ताहमा ग्राहकलाई स्क्याम पहिचान गर्ने सिप परिक्षण गरिनेछ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ