Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसंस्कृति जोगाउन अष्ट्रेलियाव्यापी लोकनृत्य प्रतियोगिता

संस्कृति जोगाउन अष्ट्रेलियाव्यापी लोकनृत्य प्रतियोगिता


सिड्नी
अष्ट्रेलिया र न्युजिल्याण्डमा बसोबास गर्ने दोस्रो पुस्ताका नेपाली समाजमा नेपाली लोक संस्कृति निरन्तरता दिने उदेश्यले अष्ट्रेलियाव्यापी नृत्य प्रतियोगिता हुने भएको छ ।

नेप्लिज एशोसियसन अफ कुइन्सल्याण्ड (एनएक्यु) र गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले संयुक्त रुपमा लोक नृत्य प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगिता सेप्टेम्बर २८ र २९ तारिखका दिन ब्रिजवेनको गार्डेन थियटरमा हुदैछ । दुइ चरणमा हुने प्रतियोगितामा एकल, जोडी र समुहगत नृत्य विधा रहेको छ । पहिलो दिनको प्रतियोगिताबाट टप ५ समुह छनोट हुने र दोस्रो दिन उनीहरुबिच फाइनल प्रतिष्प्रधा हुने आयोजकले जनाएको छ ।
सबै विधामा नेपाली लोक संस्कृति झल्कने नृत्य मात्रै समावेश हुने नृत्य प्रतियोगिता संयोजक केशव शर्माले जानकारी दिनुभयो ।
‘अष्ट्रेलिया र न्युजिल्याण्डमा नेपाली समुदाय झांगिदै छ’- संयोजक शर्माले भने -‘बढ्दो नेपाली समाजमा लोक संस्कृतिलाई मर्न नदिन हामीले लोक नृत्य प्रतियोगिता गरेका हौ’ ।
एनएक्युले सन् २००९ बाट हरेक दुइ -दुइ वर्षमा लोक नृत्य प्रतियोगिता गर्दै आएको छ । अघिल्लो पटक हुन नसकेकाले यसपालिको प्रतियोगिता पाचौ संस्करण हो ।

प्रतियोगिताका लागि १० समुह, ९ जोडी र १७ वटा एकल नृत्य छनोटमा परेको छ । जसमध्ये न्युजिल्याण्डबाट दुइ समुह छन् । अष्ट्रेलियाको तास्मानियाबाहेक सबै राज्यबाट कम्तिमा एउटा समुह छनोटमा परेका छन् । छनोटमा परेका कलाकारको एकतर्फी विमान भाडा र व्रिजवेनमा बस्नेखाने व्यवस्था आयोजकले नै गर्ने बताइएको छ ।
नृत्यको निर्णायक भूमिकाका लागि नेपालबाट कथक कलाकार सबिना श्रेष्ठ आउने तय भएको छ ।
विजेता कलाकारलाई नगद पुरस्कार र ट्रफीको व्यवस्था गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ