Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsब्रिजवेनकाे चाइना टाउनमा ‘देउसी भैलो र रातो टिका’

ब्रिजवेनकाे चाइना टाउनमा ‘देउसी भैलो र रातो टिका’


व्रिजवेन
यसपालीको दशै र तिहारमा अष्ट्रेलियाको तेस्रो ठुलो शहर व्रिजवेनमा सार्वजनिक रुपमै टिकाटालो गर्ने र देउसी भैलो खेल्ने तयारी भएको छ ।
युवाहरुको संस्था ब्ल्याक आइ क्रियसनले सार्वजनिक रुपमा नेपालीहरुको महान् पर्व दशै तिहार मनाउन व्रिजवेनको चाइना टाउन बुक गरि सकेको छ ।
व्रिजवेनको फर्चिच्युट भ्यालीमा रहेको चाइना टाउन स्वदेश र विदेशी पर्यटकको घुइचो लाग्ने स्थल हो ।
बिहान ११ बजेदेखि सुरु हुने देउसी भैलो र टिका कार्यक्रममा सहभागी हुने नेपालबाट गायिका तथा राष्ट्रिय सभा सदस्य कोमल वली, गायकहरु प्रमोद खरेल, कमल खत्री र सञ्जीव पराजुली आउने तय भएको छ ।
नेपाली चाडपर्वलाई अष्ट्रेलियाली समुदायमा परिचित गराउनका लागि सार्वजनिक देउसी भैलो र टिकाको कार्यक्रम गर्न लागेको ब्ल्याक आइ क्रियसनका राजु कानले बताउनुभयो ।
देउसी भैलोका लागि कुइन्सल्याण्ड नेपाली कम्युनिटी सेन्टर (क्युएनसीसी) ले जिम्मा लिएको छ । व्रिजवेनमा बन्न लागेको नेपाली सामुदायिक भवनका लागि सहयोग जुटाउन देउसी भैलो खेल्न लागिएको कानले जानकारी दिनुभयो ।
दशैको टिका लगाउने व्यक्ति भने तय भइसकेको छैन । व्रिजवेन सिटी काउन्सिलका मेयर सहभागी भएमा उहाँकै हातबाट टिका लगाउने व्यवस्था गर्ने तयारी रहेको आयोजकको भनाई छ । तर, मेयर सहभागी हुने निर्णय अझै भइसकेको छैन ।

अष्ट्रेलियन मोडलले नेपाली पोशाकमा क्याट वाक गर्ने

दशै तिहार कार्यक्रममा अष्ट्रेलियन मोडलले नेपाली पोशाक गुह्यो चोली, साडी र जातजातिको पोशाक लगाएर क्याट वाक समेत गर्नेछन् ।
१६ जना नेपाली र अष्ट्रेलियन मोडलहरुले एक अर्काको जातिय पोशाक लगाएर क्याट वाक गर्न लागेको हो । यसले अष्ट्रेलियन समुदायमा नेपाली पोशाक चिनाउन सहयोग पुग्ने आयोजक राजु कानले दाबी गर्नुभयो । कार्यक्रममा नेपाली खानाका स्टलहरु समेत राखिनेछन् ।
कार्यक्रममा नेपाली नृत्य, केटाकेटीलाई फेस पेन्टिङ र स्वास्थ्य शिविर समेत संचालन गरिने आयोजकको तयारी छ ।
अक्टोवर ६ तारिखमा आयोजना हुन लागेको कार्यक्रममा निशुल्क प्रवेशको व्यवस्था गरिएकाले पनि सहभागीको संख्या उल्लेख्य हुने बताइएको छ ।
त्यसमाथी चाइना टाउन शहरको मुटुमै भएकाले पनि यस क्षेत्र भएर आउतजावत गर्ने अन्य सयौ मानिसहरु सहभागी हुने आयोजकको भनाई छ ।
यो कार्यक्रमलाई बहुसांस्कृतिक समाजको हिस्सा मानेर ब्रिजवेन सिटी काउन्सिलले समेत प्राथमिकतामा राखेको छ । काउन्सिलले आफ्नो वेवसाइट माइ भ्याली डट कम र टुरिजम बोर्डको वेवसाइटमा समेत यो कार्यक्रमको बारेमा उल्लेख गर्ने आयोजक कानको भनाई छ ।
यो कार्यक्रममा बहुसांस्कृतिक समाजकै एक हिस्साको रुपमा व्रिजवेन काउन्सिलसंग मिलेर आयोजना गर्न लागेकाले सबै नेपालीहरु सहभागी भइदिन आयोजकले अनुरोध गरेको छ ।
अष्ट्रेलियन समाजलाई ध्यान दिएर आयोजना हुने यस्ता कार्यक्रमले भिजिट नेपाल २०२० लाई सफल पार्न समेत सहयोग गर्ने आयोजक कानको विश्वास छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ