Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनेपाली पत्रकारहरुको संगठन अष्ट्रेलियामा दर्ता

नेपाली पत्रकारहरुको संगठन अष्ट्रेलियामा दर्ता


सिड्नी

प्रवासको पत्रकारितालाई मर्यादित र व्यवसायिक बनाउन अष्ट्रेलियामा सक्रिय रहेका नेपाली पत्रकारहरु एकजुट भएका छन् ।
नेपाली पत्रकारहरुले गठन गरेको अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन इन्कर्पोरेटेड (एन्जा) सोमबार न्यु साउथ वेल्सको फेयर ट्रेडिङमा दर्ता भएको हो । दर्तासंगै नेपाली पत्रकारहरुको संगठनले अष्ट्रेलियाली सरकारबाट मान्यता पाएको छ ।

अष्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरु हेमन्त काफ्ले, चिरञ्जिवी देवकोटा, नारायण खड्का, मनऋषि धिताल , ऋषि आचार्य , कमल सिलवाल, कृष्ण तिवारी र सरल गुरुङको नाममा एन्जा दर्ता भएको हो । दर्ता गर्ने तदर्थ समितिको संयोजन हेमन्त काफ्ले र पब्लिक अफिसरको भूमिका ऋषि आचार्यले गरेका थिए । एन्जाले संस्था दर्ताका लागि १५ सदस्यीय तदर्थ समिति बनाएको थियो ।

दर्ता पक्रिया पुरा गर्न समितिलाई १० महिना समय लागेको हो । गत जनवरीमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट अष्ट्रेलिया भ्रमणमा रहेका बेला एन्जा गठनको पक्रिया सुरु भएको थियो । ६ महिनाभित्र सम्पुर्ण दर्ता पक्रिया सक्ने बताइएपनि कानुनी अड्चनका कारण ४ महिना बढी समय लागेको संयोजक हेमन्त काफ्लेले जानकारी दिए ।
ढिलै भएपनि संस्था दर्ता भएका अष्ट्रेलियाली सरकारको मातहतमा आएका छौ‘- संयोजक काफ्लेले भने –‘यसले प्रवासको पत्रकारितालाई मर्यादित र व्यवसायिक बनाउन मद्दत गर्ने छ ।’ 
अष्ट्रेलियाली नेपाली समाज फैलिएसंगै यहाँको पत्रकारिताको चुनौती पनि बढिरहेको भन्दै संयोजक काफ्लेले भने -‘अष्ट्रेलियन सरकारको मातहतमा रहेर पत्रकारिता गर्दा नेपाली पत्रकारहरुले भोग्ने चुनौती र थ्रेटहरु पनि कम हुने छ ।’ 

अबको केही हप्ताभित्र सदस्यता वितरण सुरु गरि महाधिवेशनको तयारी गर्ने पब्लिक अफिसर ऋषि आचार्यले जानकारी दिए ।

एन्जाले अष्ट्रेलियाको नेपाली पत्रकारितालाई मर्यादित बनाउने मात्रै नभई पत्रकारिताको आवश्यकता र महत्व बारे यहाँको नेपाली 

समाजलाई बुझाउन महत्वपुर्ण भूमिका खेल्नेछ । एन्जाले नेपाल पत्रकार महासंघसंग समेत नजिकमा रहि काम गर्ने बताइएको छ ।

 

यो पनि पढ्नुहोस्

अष्ट्रेलियामा नेपाली पत्रकारहरु संगठित। पत्रकार महासंघसँग सहकार्य हुने



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ