Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसिड्नीका नेपाली युवाले बेचे ‘टि सर्ट र टोपी’ । पैसा दुर्गमका बालबालिकालाई ।

सिड्नीका नेपाली युवाले बेचे ‘टि सर्ट र टोपी’ । पैसा दुर्गमका बालबालिकालाई ।


सिड्नी

सिड्नीमा अध्ययन गरिरहेका केही जुजारु नेपाली युवाले दुर्गम भेगका बालबालिकाको पठनपाठनमा सहयोग गर्न टि सर्ट र टोपी किनबेच गरेका छन् ।

‘विनर सर्कल’ नाम दिईएको युवा समुहले संस्थाको लोगो छापिएको १०/१० वटा टिसर्ट र टोपी एक आपसमै किनबेच गरेर पैसा संकलन गरेको हो ।

संकलित ६ सय ४१ डलर अर्थात ५० हजार रुपैया दुर्गम भेगका बालबालिकाको पठनपाठनमा सकृय टिच फर नेपाललाई उपलब्ध गराईएको हो ।

‘शिक्षा नै उज्जवल भविष्यको प्रमुख आधार हो’-विनर सर्कलका रोशन खतिवडाले भने- ‘विदेशमा बसेर पनि हाम्रा गाउँघरका बालबालिकाले राम्रो शिक्षा पाउन भनेर सहयोग जुटाएका हौ ।’

यत्ति सहयोगले ठुलै परिवर्तन नआएपनि विदेशमा बसेका युवाहरुलाई देशमा सहयोग गर्न प्रेरणा दिने खतिवडाको भनाई छ ।
सहयोग कार्यक्रमलाई निरन्तरता दिने विनर सर्कलले जनाएको छ ।

विनर सर्कलकाे लाेगाे जडित टाेपीमा राेशन खतिवडा

४५ डलर मुल्यको टिसर्ट र ४० डलरकाे टोपी बिक्रीबाट ३८० डलर संकलन भएको थियो । जसमा रनजे फाउण्डेसनले २ सय र बाकी आपसमै संकलन गरेर ६४१ डलर जम्मा भएको थियो ।

विनर सर्कल फेसबुक ग्रुपमा ३ हजार युवा जोडिएको त्यसका प्रमुख खतिवडाले जानकारी दिए ।

चार महिनाअघि गठित यो समुहले सिड्नीका नेपाली युवालाई विभिन्न सकारात्मक कार्यमा अभिप्रेरित गर्दै आएको छ ।

यसका प्रमुख रोशन खतिवडा सिड्नीका युवामाझ चिनिएका नाम हुन् । उनी यसअघि भिजन फर मोटिभसन नामक युवाको संस्थाका अध्यक्ष समेत रहिसकेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ