Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsडढेलो पीडित अष्ट्रेलियनलाई नेपालीको साथ । यसरी गर्नुस् सहयोग

डढेलो पीडित अष्ट्रेलियनलाई नेपालीको साथ । यसरी गर्नुस् सहयोग


सिड्नी
अष्ट्रेलियाका डढेलो पीडितका लागि यहा“का नेपालीहरुले सहयोग संकलन सुरु गरेका छन् ।
हाम्रो समुदायलाई सहयोग गरौ भन्दै गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले ‘गो फन्ड मि’ बाट सहयोग संकलन सुरु गरेको हो ।
यो समाचार सामाग्री तयार पार्दासम्म ८ घण्टामा २५ सय डलर संकलन भईसकेको छ । ५५ जनाले सहयोग गरेका छन् ।
१० हजार डलर उठाउने लक्ष्य लिएको एनआरएनएले नोभेम्बर १४ साझसम्म सहयोग संकलन गर्ने जनाएको छ । संकलित रकम न्यु साउथ वेल्स राज्यको रुरल फायर सर्भिसलाई उपलब्ध गराउने जनाइएको छ ।
यो दुखको घडीमा अष्ट्रेलियामा बस्ने सबै नेपालीलाई आफ्नो क्षमता अनुसार सहयोग गर्न एनआरएनएले अपिल गरेको छ ।

‘यो हाम्रो घर हो’ भन्दै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले भने -‘जसरी नेपालमा केही हुदा हाम्रो मन दुख्छ, त्यसैगरी अष्ट्रेलियालाई केही हुदा पनि हाम्रो छाती पोल्छ ।’ 
‘हामीलाई अष्ट्रेलियाले धेरै कुरा दिएको छ, अब दिने पालो हाम्रो हो’ कँडेलले भने ।

एनआरएन अष्ट्रेलियाले खडेरीका कारण मारमा परेका किसानहरुलाई पनि आर्थिक सहयोग गर्दै आएको छ ।

सहयोग गर्न यहाँ थिच्नुहोस्

सुख्खा मौसम र खडेरीसंगै अष्ट्रेलियामा डढेलोको जोखिम बढ्ने गर्छ । गर्मीयाम सुरु हुनु अघि देखि नै न्यु साउथ वेल्स र कुइन्सल्याण्ड राज्यमा डढेलोले ठुलै क्षती गरिसकेको छ ।
न्यु साउथ वेल्समा अहिले ५० स्थानमा लागेको डढेलो नियन्त्रण भन्दा बाहिर गएको स्थानिय समाचार संस्थाहरुले जनाएका छन् । सिड्नी नजिकै डढेलो फैलिएपछि १४ स्थानलाई उच्च जोखिममा राखेर सतर्कता अपनाइएको छ । हालसम्म न्यु साउथ वेल्स राज्यमा मात्रै १ सय ५० घर आगलागीको चपेटामा आएका छन् । ६ सय विद्यालय बन्द भएका छन् ।
न्यु साउथ वेल्स राज्यमा फैलिएको यो ढडेलोलाई सन् २००९ पछिकै जोखिमयुक्त  चित्रण गरिएको छ ।
सन् २००९ मा भिक्टोरीया राज्यमा फैलिएको डढेलोमा परि १ सय ७३ जनाको ज्यान गएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ