Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsब्रिनवेनमा हरेक सोमबार निशुल्क रेल सेवा

ब्रिनवेनमा हरेक सोमबार निशुल्क रेल सेवा


ब्रिजवेन

आफ्ना सेवाग्राहीलाई धन्यवाद दिन कुईन्सल्याण्ड रेल सेवाले ४ वटा सोमबार निशुल्क सेवा दिन थालेको छ ।
रेल सेवाले १८ नोभेम्बरदेखि चार वटा सोमबार निशुल्क सेवा दिन लागेको जनाएको छ।
पछिल्लो केही समय रेल सेवामा देखिएको समस्याका कारण आफ्ना सेवाग्राहीले समस्या भोगेको भन्दै माफी माग्न निशुल्क सेवा दिन लागेको कुईन्सल्याण्ड रेलको वेवसाईटमा भनिएको छ ।
नोभेम्बर १८, नोभेम्बर २५, डिसेम्बर २ र डिसेम्बर ९ तारिख सोमबार कुईन्सल्याण्डवासीले निशुल्क रेल चढ्न पाउनेछन् ।

निशुल्क रेल सेवामा चढ्दै एक यात्रु । तस्बिर- सरल गुरुङ

निशल्क सेवा एयरपोर्ट लाईन, गोलकोष्ट लाईन, विन्ली लाईन र कवुल्चर लाईनमा लागु हुने छ । त्यस्तै ईप्सविच, स्प्रिङ फिल्ड, क्लिभल्याण्ड, डुमवेन, फर्निग्रोभ, स्रोनक्लिफ, सनसाईनकोष्ट र रेडक्लिफ पेनिन्सोला लाईनमा पनि सोमबार निशुल्क रेल सेवा लागु हुनेछ ।

निशल्क रेल सेवाबाट यहाँ पढिरहेका नेपाली विद्यार्थीलाई केही राहत हुनेछ ।

कुईन्सल्याण्डको ट्रान्सलिङ रेल सेवा राज्यको दक्षिण पुर्वी ईलाकाको ८ अञ्चल र ७ ज्ञेत्रमा फैलिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ