Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा नेपाली युवती वेपत्ता, खोजीदिन बहिनीको आग्रह

अष्ट्रेलियामा नेपाली युवती वेपत्ता, खोजीदिन बहिनीको आग्रह


न्यु क्यासल

अष्ट्रेलियामा ३ दिनदेखि एक नेपाली युवती बेपत्ता भएकी छिन् । फेसबुकमा आत्महत्या गर्ने भावको स्टाटस लेखेर सम्पर्क विहिन भएपछि आफन्तमा चिन्ता बढेको छ ।

न्यु साउथ वेल्सको न्यु क्यासलमा बस्दै आएकी अधिकारी थरकी युवती हराईरहेको सुचना व्रिजवेनमा बस्ने बहिनीले फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् ।
तास्लिमन केसी नामकी बहिनीले आईतबार फेसबुकमा लेखेकी छिन् –
‘सिड्नी र न्यु क्यासलमा बस्नेहरु मेरी दिदि खोज्न सहयोग गरिदिनुहोला । फेसबुकमा आत्महत्या गर्ने जस्तो स्टाटस लेखेर मेरी दिदि ३ दिनदेखि सम्पर्कविहिन भएकी छिन् । ठेगाना नभएकाले प्रहरीले पनि खोजी गर्न सकेन । त्यसैले तपाईसंग केही सुचना छ भने सहयोग गर्नुहोला ।’

युवती हराएकाे सुचना बहिनीले फेसबुकमा पाेष्ट गरेकाे विवरण यस्ताे छ ।

ब्रिजवेनमा बस्दै आएकी ती युवती गत जुलाईमा न्यु क्यासल सरेकी थिईन् । म्युजिक भिडियो समेत खेलेकी ती युवती व्रिजवेनमा कलाकारको रुपमा समेत चिनिन्छन् । व्यक्तिगत गाेपनियताका कारण हामीले युवतीकाे पहिचान गाेप्य राखेका छाै ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ