Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा घरबेटीद्वारा अन्तराष्ट्रिय विद्यार्थी शोषित -रिपोर्ट

अष्ट्रेलियामा घरबेटीद्वारा अन्तराष्ट्रिय विद्यार्थी शोषित -रिपोर्ट


सरल गुरुङ/ब्रिजवेन

अष्ट्रेलियामा पढ्न आएका अधिकांश अन्तराष्ट्रिय विद्यार्थीहरु यहाँका घरबेटीबाट नै ठगिने गरेको रिपोर्ट सार्वजनिक भएको छ ।
युनभर्सिटी अफ टेक्नोलोजी सिड्नी र युनिभर्सिटी अफ न्यु साउथ वेल्सले संयुक्तमा रुपमा गरेको सर्वेक्षणले अष्ट्रेलियामा घरबेटीहरुले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई निरन्तर शोषण गरिरहेको तथ्य उजागर गरेको हो ।
बढी भाडा लिने, सम्झौता विपरित भाडा बढाउने, घरको क्षमताभन्दा बढी मान्छे राख्ने, बोण्डको रकम फिर्ता नदिने, हेप्ने जस्ता क्रियाकलाप गरेर घरबेटीले विद्यार्थीलाई शोषण गर्ने गरेको तथ्य उजागर भएको हो ।
संयक्त घर वा युनिटमा बसिरहेका २४ सय ४० जना अन्तराष्ट्रिय विद्यार्थीमाझ गरिएको सर्वेक्षणमा आधाभन्दा बढीले घरबेटीले शोषण गरिरहेको बताएका थिए ।

अष्ट्रेलियाको अर्थतन्त्रमा निकै महत्वपुर्ण भूमिका खेल्ने अन्तराष्ट्रिय विद्यार्थीको यस्तो अवस्थालाई यहाँका राष्ट्रिय संचारमाध्यमहरुले निकै प्राथमिकताका साथ प्रशारण गरेका छन् ।
हाल अष्ट्रेलियामा ८ लाख ८० हजार अन्तराष्ट्रिय विद्यार्थी पढिरहेका छन् । नेपाली विद्यार्थीमात्रै ५२ हजार छन् ।

नेपाली घरबेटी झनै कडा

घरवेटीबाट प्रताडित हुनेमा नेपाली विद्यार्थीको जमात पनि ठुलै छ यहाँ ।
खास घरमालिकभन्दा पनि भाडामा घर लिएका नवघरबेटीहरुबाट बढी समस्या देखिएको छ ।

अष्ट्रेलियाका ठुला शहरमा एउटै युनिट वा घरमा चारदेखि ६ जनासम्म बस्नु सामान्य हो । घरभाडा सस्तो तिर्नका लागि भाडामा लिएको युनिट वा घरको एउटा कोठामा आफु बसेर बाकी कोठामा अरुलाई भाडामा राख्ने गरिन्छ । नेपाली समुदायमा त यस्तो सेयरिङ कोठा निकै प्रचलित छ । सिड्नी, मेलवर्न र ब्रिजवेन जस्ता ठुला शहरमा मुख्य भाडावालाले खाली कोठामा केही डलर बढी लिएर भर्खरै नेपालबाट आएका विद्यार्थीलाई भाडामा राख्ने गर्छन् ।
कहिलेकाही मुख्य भाडावालले अरु कोठामा भाडाबस्नेसंग बढी पैसा लिएको गुनासो सुनिने गरेका छन् ।
यस्तो बढी भाडा लिने विकृत्ति चरम उत्कर्षमा पुगेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
भाडा यतिसम्म चर्को लिन्छन् की, तीन वेडरुमको घरमा दुई कोठाको भाडाले नै घरको भाडा तिरेर मुख्य भाडावाला भने सित्तैमा बसिरहेको तथ्य भेटिएको छ ।

भर्खरै नेपालबाट आएका विद्यार्थीहरु यस्ता भाडावाला घरवेटीबाट थप मर्कामा परेका छन ।
‘म त नेपालबाट भर्खरै आएको, न काम छ न त पैसा नै ‘- गोप्य रहन चाहाने एक विद्यार्थीले भने-‘ यहाँ त अग्रजले सहयोग गर्दा भनेको त उल्टै ठग्ने पो रहेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ