Wednesday, 10 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसिड्नीमा गुन्जने भए रामकृष्ण ढकाल

सिड्नीमा गुन्जने भए रामकृष्ण ढकाल


राजन घिमिरे/सिड्नी
नेपाली सुगम गीत संगीतका उत्कृष्ट सर्जक हुन रामकृष्ण ढकाल । कालजयी नेपाली गीत संगीतका यी उच्च गायक अब सिड्नीमा रहनु हुने नेपालीहरू माझ गुन्जने भएका छन ।

बिगत तिन दशकदेखी निरन्तर रूपमा गीत संगीत क्षेत्रमा लागि परेका ढकाल मार्च ६ तारेख शुक्रबारको दिन सिड्नीको रगडेलस्थित ईन्द्रेणी फंसन सेन्टरमा गुन्जने भएका हुन । लाईभ ब्याण्ड सहित रामकृष्णले त्यो दिन बिहान उठ्ने बित्तीकै हिमाल…,ओराली लागेको…, माया गर्नेको चोखो माया…, बचन तोडे कसम नै तोडे…, हिरा काट्ने हिरैमा राखेर… र बांचुन्जेलीलाई…लगायतका डेढ दर्जन उत्कृष्ट गीत संगीत प्रस्तुत गर्ने भएका छन । ढकाल अहिले नेपालमा उत्कृष्ट आबाज खोज्ने कार्यक्रम वाई वाई नेपाल स्टारका निर्णायक हुन ।

सुप्रसिद्ध भारतीय गायिका लता मंगेश्वर र आशा भोसलेसंग गीत गाउने अबसर पाएका ढकालजस्ता स्रष्टाको गीत प्रत्यक्ष रूपमा सुन्न पाउनुलाई सिड्नीमा रहनु हुने नेपालीहरूले राम्रो अबसरको रूपमा लिनु भएको छ । ढकाल पनि सिड्नीमा रहनु हुने नेपालीहरू माझ आफ्नो एकल प्रस्तुति दिन पाउनुलाई ऐतिहासिक अबसरको रूपमा लिएको बताउंछन- ‘म सिड्नीमा मेरा प्रशंसक र नेपाली गीत संगीतप्रेमीहरूलाई भेट्न आतुर छु’- रामकृष्णले भने ।


रामकृष्ण ढकाल साँझ विथ लाईभ ब्याण्ड नाम राखिएको यो कार्यक्रमलाई कंगारू ऐजुकेसन फाउन्डेसन एजुकेशन एण्ड भिसा सर्भिसेसले गरेको हो । 

 

 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ