Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeVideoExclusive हेर्दा हेर्दै भाइ समुन्द्रमा बिलायो – भाग्यले बाचेका सयुनको बयान | एक्लैले बचाए दुइ जना

Exclusive हेर्दा हेर्दै भाइ समुन्द्रमा बिलायो – भाग्यले बाचेका सयुनको बयान | एक्लैले बचाए दुइ जना




#NepaliStudentDies #AustralianBeach #NepalTube
समुन्द्रमा डुबेर बाचेका युवकको बयान
कुइन्सल्याण्डको नर्थ स्ट्राडब्रोक आइल्याण्डको समुन्द्रमा डुबेका चार जना नेपाली विद्यार्थी मध्ये एक जनाको ज्यान गएको छ । आइल्याण्डको डेडम्यानविच समुन्द्र तटमा पौडी खेलिरहेका चारै जनालाई अचानक आएको छाल (रिप करेन्ट)ले बगाएको थियो ।
रिप करेन्ट अचानक दुइ तिरबाट आउने समुन्द्री छाल हो । जसले छेउतिरबाट भदौरे भेल जसरी बगाएर समुन्द्रतिर लैजान्छ ।
गर्मी छल्न कम्मरसम्म आएको पानीमा रमाइरहेका युवाहरुलाई छालले जोडसंग हुत्याएर बगाएको थियो । बालुवा र पानीको भेलमा बगेका भक्तपुरका सयुन कायस्थले आफ्नो ज्यानको बाजी थापेर दुइ जनालाई उद्दार गरेका थिए । एक युवती र युवकलाई उद्दार गरेपनि उनले आफुसंगै बस्ने भाईलाई भने बचाउन सकेनन् । रिप करेन्ट नचिन्दा यो दुर्घ’टना भएको सयुनले बताए । तत्कालै उनले त्रिपल जेरोमा फोन गरेर प्र’हरी र उद्दारकर्मीलाई बोलाएका थिए । ५ मिनेटमै आइपुगेका उद्दार टोलीले २१ वर्षीय निकित श्रेष्ठको श’व २ सय मिटर पर समुन्द्रबाट निकालेको थियो । प्र’हरीले दुइ घण्टासम्म सिपीआर र एइडी सक दिदा समेत बचाउन नसकिएको सयुनले बताए ।

source



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ