Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनेपाली जहाज अष्ट्रेलिया आउदै । तर, फर्कदै छ रित्तै । (भिडियो सहित)

नेपाली जहाज अष्ट्रेलिया आउदै । तर, फर्कदै छ रित्तै । (भिडियो सहित)


ब्रिजवेन
२ सय ५० भन्दा बढीअष्ट्रेलियन नागरिक बोकेर नेपाल एयरलाइन्सको राष्ट्रिय ध्वजाबहाक जहाज अप्रिल १ तारिखमा काठमाडौबाट उड्ने तय भएको छ । वाइडवडी जहाज अष्ट्रेलियाको व्रिजवेनमा संभवत बिहिबार अवतरण हुनेछ ।
अष्ट्रेलियन सरकारले नेपालमा फसेका आफ्ना नागरिकको उद्धार गर्न नेपाल एयरलाइन्सको विमान चार्टर गरेको हो । उक्त विमानमा फर्कने बेलामा अष्ट्रेलियामा फसेका नेपालीलाइ उद्धार गर्ने दुतावासको प्रयास भने सफल हुन सकेन ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले यसअघि नै उक्त विमानमा नेपालीहरुलाई फिर्ता पठाउने गरि परराष्ट्र मन्त्रालय मार्फत कोरोना नियन्त्रणका लागि बनेको उच्चस्तरिय समितिलाई अनुरोध गरेका थिए । तर, उपप्रधानमन्त्रीको नेतृत्वमा बनेको उक्त समितिमा यस विषयले प्रवेश नै नपाएको बुझिएको छ ।
नेपाल ट्युबसंग कुरा गर्दै राजदूत दाहालले अत्यावश्यक परेका नेपालीलाई स्वदेश फर्काउने प्रयास गरेपनि सरकारका तर्फबाट कुनै जवाफ नआएको बताए ।
लामो यात्रा गर्दा कोरोनाको जोखिम हुने, नेपालमा सेल्फ क्वारेन्टाइनमा बस्ने राम्रो व्यवस्था नभएको तथा विदेशबाट आएका मानिसमा बढी कोरोना संक्रमण देखिएको र लक डाउनका कारण काठमाडौबाट बाहिर यात्रा गर्न पनि नसकिने भएकाले सरकारले अष्ट्रेलियाबाट नेपालीको उद्धार गर्ने कार्य अघि नबढाएको बुझिएको छ ।

यसरी भएको थियो पहल

https://www.facebook.com/NepaltubeAustralia/videos/532402594374460/



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ