Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलिया आउने नेपाली विमान यस कारण हेर्न नपाईने ।

अष्ट्रेलिया आउने नेपाली विमान यस कारण हेर्न नपाईने ।


सरल गुरुङ/ब्रिजवेन
२ सय ५० भन्दा बढीअष्ट्रेलियन नागरिक बोकेर नेपाल एयरलाइन्सको राष्ट्रिय ध्वजाबहाक जहाज अप्रिल १ तारिखमा काठमाडौबाट उड्ने तय भएको छ । विमानको मुख्य पाइलटहरुमा विजय लामा र  एक अष्ट्रेलियन नागरिक छन् । नेपाल एयरलाईन्सको एयसवस ३३० वाईडवडीबाट उद्दार गर्न लागिएको हो । नेपालस्थित अष्ट्रेलियन दूतावासको पहलमा नेपाल एयरलाईन्सले अन्य कम्पनीको तुलनामा केही सस्तोमा विमान उडाउन लागेको हो ।
अप्रिल १ तारिख बिहान ११:४५ बजे काठमाडौ विमानस्थलबाट विमानले उडान भर्ने तय भएको क्यानबेरास्थित नेपाली दूतावासकी उपनियाेग प्रमुख दुरपदा सापकोटाले जानकारी दिईन् । विमान मलेसियाको क्वाललम्पुरमा ट्रान्जिट हुनेछ । स्थानिय समयअनुसार साझ ५:२५ बजे विमानले ब्रिजवेनको उडान भर्नेछ ।
स्थानिय समय अनुसार अप्रिल २ तारिख बिहान १:१० बजे विमान व्रिजवेनमा अवतरण हुनेछ ।
दुई घण्टा सरसफाई सकेर नेपाली जहाज बिहान ३:१० मा काठमाडौ फर्कने तय भएको दूतावासले जनाएको छ ।
मध्यरातपछि विमान अवतरण हुने र झिसमिसैमा फर्कन भएकाले यहाँका नेपालीले राष्ट्रिय ध्वजावहाक विमान देख्न पाउनेछैनन् ।
अष्ट्रेलियन नागरिकको उद्दार गरेर आउने नेपाली राष्ट्रिय ध्वजाबाहक विमान हेर्न यहाँका नेपाली उत्साहित थिए । तर, मध्यरातमा विमान आएर फर्किने भएपछि नेपालीहरु खिन्न बनेका छन् ।

हालैमात्र नेपाल र अष्ट्रेलियाबिच सिधा हवाई उडान भर्ने विषयमा सहमति भएको छ।
दुबै पक्षले संभाव्यता अध्ययन गरिरहेका छन् । गत जनवरीमा अष्ट्रेलिया भ्रमणमा आएका पर्यटनमन्त्री योगेश भट्टराईले समेत सिधा हवाई उडान यथासक्य सुचारु गर्न पहल गरेका थिए ।
नेपाल र अष्ट्रेलियाबिच सिधा उडान नहुदा यी दुई देशबिच यात्रा गर्दा महंगो र लामो दुरी पार गर्नुपर्छ ।
अष्ट्रेलियन नागरिकको उद्दारमै भएपनि नेपाली विमान यहाँ आउदा यसले भविष्यमा नेपाली विमानले पनि अष्ट्रेलियामा हवाई उडान गर्न सक्छ भन्ने आधारलाई बलियो बनाउने छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ