Techie IT
Friday July 23, 2021  |   शुक्रबार, साउन ८, २०७८
गृहपृष्ठ » Breaking News » टर्की भूकम्प अपडेट : मृतकको संख्या ४२ पुग्यो

टर्की भूकम्प अपडेट : मृतकको संख्या ४२ पुग्यो


215 Views

एजेन्सी । टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका हुन् । यो भूकम्पको धक्का अन्य छिमेकी देशहरुमा समेत महसुश गरिएपनि ती देशहरुमा अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।

टर्कीको इज्मीर शहरमा शुक्रबार ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले उक्त शहरमा अहिले पनि खोजी तथा उद्धार कार्य भइरहेको र अहिलेसम्म ८०० जना घाइते भएको विवरण प्राप्त भएको जानकारी दिएको छ । भूकम्पपछि सयौँ पटक पराकम्प पनि महसुस गरिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले टेलिभिजनमार्फत् सम्वोधन गर्दै यस भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुगेको जानकारी आइतबार मात्रै गराउनुभएको छ । खोजी तथा उद्धार कार्य भइरहेको भन्दै राष्ट्रपति एर्डोगानले सवै जनालाई त्यसमा सहभागी हुन वा सहयोग गर्न आह्वान गर्नुभएको छ ।

त्रसित नहुन र सतर्कता अपनाउन पनि सबैलाई सरकारले आग्रह गरेको छ । इज्मीर क्षेत्रमा दर्जनौँ घर भत्केको विवरणहरु आएको र यसमा परेर सयौँ नागरिक घाइते भएको आशंका सहित उद्धार जारी राखिएको अधिकारीहरुले जानकारी गराएका छन् ।

क्याटेगोरी : Breaking News



प्रतिक्रिया दिनुहोस

-Advertisement-