डिसेम्बर १ बाट स्कुले विद्यार्थीका अभिभावक, टिआर र ४९१ भिषावाला पनि अष्ट्रेलिया आउन पाउने
ब्रिजवेन/आगामी डिसेम्बर १ बाट विदेशी विद्यार्थी सहित २८ वटा अस्थाई भिषावहाक पनि अष्ट्रेलिया आउन पाउने भएका छन् । अष्ट्रेलियन सरकारले जारी गरेको सुचना अनुसार विद्यालयमा विद्यार्थीका अभिभावक, टिआर, रिजनल भिषामा भएकाहरु पनि अष्ट्रेलिया आउन पाउने भएका हुन् । त्यस्तै विवहा गर्न आउने भिषावहाकलाई पनि आउन दिने भएको छ । अभिभावक भिषा सबक्लास ५९० भनेको विद्यालयमा पढिरहेका विद्यार्थीका आमाबालाई दिने भिषा भएको रिजिष्ट्रर्ड माईग्रेसन एजेन्ट नारायण कोईरालाले बताउनुभयो ।
अष्ट्रेलियामा मान्यता प्राप्त कोरोना खोपको पुर्ण मात्रा लगाएका तथा यी २८ वटा भिषा लिएकाहरु आउन पाउने भएका हुन् । उनीहरुले विमान चढ्नु ७२ घण्टा अघि कोरोना नेगेटिभ भएको पिसिआर रिपोर्ट र पुरा खोप लगाएको प्रमाणपत्र संगै बोक्नुपर्नेछ । अष्ट्रेलियाको न्यु साउथ वेल्स, भिक्टोरिया र अष्ट्रेलियन क्यापिटल टेरिटोरीमा आउनेहरुले भने क्वारेन्टिन समेत बस्नु पर्दैन । अन्य राज्यहरुको हकमा भने स्थानिय सरकारले लागु गरेको क्वारेन्टिन सम्बन्धी नियम पालना गर्नुपर्नेछ ।
डिसेम्बर १ बाट आउन पाउने २८ वटा भिषावहाकहरु यस्ता छन् ।
Subclass 200 – Refugee visa |
Subclass 201 – In-country Special Humanitarian visa |
Subclass 202 – Global Special Humanitarian visa |
Subclass 203 – Emergency Rescue visa |
Subclass 204 – Woman at Risk visa |
Subclass 300 – Prospective Marriage visa |
Subclass 400 – Temporary Work (Short Stay Specialist) visa |
Subclass 403 – Temporary Work (International Relations) visa (other streams, including Australian Agriculture Visa stream) |
Subclass 407 – Training visa |
Subclass 408 – Temporary Activity visa |
Subclass 417 – Working Holiday visa |
Subclass 449 – Humanitarian Stay (Temporary) visa |
Subclass 457 – Temporary Work (Skilled) visa |
Subclass 461 – New Zealand Citizen Family Relationship visa |
Subclass 462 – Work and Holiday visa |
Subclass 476 – Skilled – Recognised Graduate visa |
Subclass 482 – Temporary Skill Shortage visa |
Subclass 485 – Temporary Graduate visa |
Subclass 489 – Skilled – Regional (Provisional) visa |
Subclass 491 – Skilled Work Regional (Provisional) visa |
Subclass 494 – Skilled Employer Sponsored Regional (Provisional) visa |
Subclass 500 – Student visa |
Subclass 580 – Student Guardian visa (closed to new applicants) |
Subclass 590 – Student Guardian visa |
Subclass 785 – Temporary Protection visa |
Subclass 790 – Safe Haven Enterprise visa |
Subclass 870 – Sponsored Parent (Temporary) visa |
Subclass 988 – Maritime Crew visa |
Source- Department of home affairs
तपाईको प्रतिक्रिया