२५० विद्यार्थी केही बेरमा सिड्नी उत्रिदै । ३ दिन आईसोलसन बस्नुपर्ने
सिड्नी/पुर्व निर्धारित पाईलट योजना अन्तर्गत केही बेरमा २५० जना विदेशी विद्यार्थी सिड्नी उत्रिदै छन् । चाटर्ड विमान मार्फत उनीहरु सिड्नी आईरहेका छन् । उनीहरुलाइ न्युसाउथ वेल्स सरकारले ल्याउन लागेको हो ।
दुबै खोप लगाएका उनीहरु ३ दिन आईसोलेसनमा बस्नुपर्नेछ । यस विमानमा नेपाली छैनन् । डिसेम्बर २४ मा अर्को विमानमा विद्यार्थी आउदैछन् । सो विमानमा नेपाली पनि हुनेछन् । यसअघि संघिय सरकारले डिसेम्बर १ देखि विद्यार्थी लगायत २८ भिषाधारी पुरा खोप लगाउनेलाई आउन दिने घोषणा गरेको थियो । तर, कोरोनाको ओमिक्रोन देखिएपछि डिसेम्बर १५ सम्म सरकारले सो योजनालाई स्थगित गरेको छ । संघिय सरकारको योजना स्थगित भएपनि न्यु साउथ वेल्स सरकारले भने आफ्नो योजनालाई निरन्तरता दिएको छ ।
तपाईको प्रतिक्रिया