नेपाल आईडल रबि ओड सिड्नीमा सम्मानित । समाजसेवा गर्ने घाेषणा
सिड्नी
अष्ट्रेलिया सांगितिक यात्रामा रहेका नेपाल आईडल सिजन २ का विजेता रबि ओड यति बेला सिड्नीमा छन् ।
सिड्नीमा भएकाे माैकामा सुदूरपश्चिमेलीहरुले ओडलाई सम्मान गरेका छन् ।
हिजाे हर्जविलकाे अलावा पार्कमा सुदूरपश्चिम एकता समाजले ओडलाई सम्मान गरेकाे हाे ।
उनकाे सम्मानमा पार्कमा झण्डै ५० जना सहभागि भएका थिए । कार्यक्रममा एकता समाजले ओडलाई खदा, प्रमाणपत्र र मायाकाे चिनाेले सम्मान गरेकाे थियाे । सम्मान कार्यक्रममा रबिसंग सेल्फी खिच्न सहभागीहरुले तछाडमछाड गरेका थिए ।
कार्यक्रममा नेपाल आईडल ओडले संगितबाहेक आफ्नाे समाजसेवा गर्ने ईच्छा रहेकाे बताए । ‘मेराे गाउठाउमा दुख पिडामा रहेका बालबालिकालाई सहयाेग गर्नका लागि म फाउन्डेसन खाेल्न चाहान्छु’ ओडले भने – ‘मलाई आशा छ, यहाँहरु सबैले मलाई साथ दिनुहुनेछ ।
एपिवान टिभीकाे रियालिटी साेमा आफुले माैका पाएपनि, पैसाकाे अभावमा अझै पनि गाउघरका प्रतिभा यत्तिकै विलिन भईरहेकाे भन्दै रबिले भने -‘त्यस्ता प्रतिभालाई उचित माैका दिन पनि म केही सहयाेग गर्न चाहान्छु’ ।
फाउन्डेसन कस्ताे हुने भन्ने बारे अझै एकिन नभएपनि नेपाल फर्किने बित्तिकै काम थाल्ने ओडकाे भनाई छ ।
समाजका संयाेजक पुष्कर भट्टले ओडकाे मेहनत र लगनशिलताबारे प्रशंसा गर्नुभयाे । सुदूरपश्चिममा जन्मिएर गित संगितमा उदाउन सफल भएकाे भन्दै संयाेजक भट्टले रबिले आगामी दिन गर्ने परियाेजनाहरुमा सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
कार्यक्रममा सिड्नीका युवा समाजसेवी तथा व्यवसायी माेहन भट्टले रबि ओडले थाल्ने समाजसेवाकाे काममा खुलेर सहयाेग गर्ने प्रतिवद्धता जनाउनुभयाे ।
तपाईको प्रतिक्रिया