Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआगामी सोमबारबाट सबै भिषावालाले अष्ट्रेलिया आउन पाउने, भर्नुपर्नेछ यो फारम

आगामी सोमबारबाट सबै भिषावालाले अष्ट्रेलिया आउन पाउने, भर्नुपर्नेछ यो फारम


सिड्नी/आगामी सोमबार अर्थात फेब्रअरी २१ देखि पुर्ण खोप लगाएका सबै भिषावहाकले पूर्व स्विकृति बिनै अष्ट्रेलिया प्रवेश पाउने भएको छ । सरकारले हालै गरेको निर्णय अनुसार ब्रिजिङ भिषा, भिजिटर भिषा र अष्ट्रेलिया प्रवेश गर्न पाउने सबै खाले भिषावहाकले बिना पुर्व अनुमति अष्ट्रेलिया आउन पाउने भएको हो ।

तर, अष्ट्रेलिया प्रवेशका निश्चित नियम र मापदण्ड भने सबैले पालना गर्नुपर्नेछ । उदाहरणका लागि अष्ट्रेलियामा मान्यता प्राप्त कोरोना खोपको पुर्ण मात्रा लगाएको हुनुपर्नेछ । अष्ट्रेलियाले यात्राका लागि विभिन्न १० प्रकारका खोपलाई मान्यता दिएको छ । ती खोप मध्येको पुर्ण खोप लगाएकाले प्रवेश पाउनेछन् । नेपालमा लगाएको भेरोसिलमा भने ६० वर्ष उमेर हद तोकिएको छ । यात्रा गर्नुअघि लगाएको खोप र यात्रुको उमेर जाच गर्नुपर्नेछ ।
यात्रा गर्नुअघि यात्रुसंग खोप लगाएको प्रमाणपत्र हुनुपर्नेछ । त्यस्तै यात्रा गर्नु तीन दिन भित्र पिसिआर नगेटिभ रिपोर्ट वा २४ घण्टा भित्र गरिएको र्यापिड एन्टिजन टेष्टको नेगेटिभ रिपोर्ट हुनुपर्नेछ ।

डिजिटल प्यासेन्जर डिक्लेरेसन फारम भर्नैपर्ने

अष्ट्रेलिया आउने हरेक यात्रुले अनिवार्य रुपमा डिजिटल प्यासेन्जर डिक्लेरेसन फारम भर्नुपर्नेछ । यसअघि भर्नुपर्ने अष्ट्रेलियन ट्राभल डिक्लेरेसनको स्थानमा यो फारम भर्नुपर्ने नियम आएको हो । नयाँ फारमको लागि यो लिंकमा जानुहोस । फारम यात्रा गर्नुभन्दा ७२ घण्टाभित्र भर्नुपर्नेछ । फारममा खोपको विवरण, १४ दिनको यात्रा विवरणहरु भर्नुपर्नेछ । यदि फारममा झुठा विवरणमा भरेको प्रमाणित भएमा ६६६० डलर जरिवाना समेत तोकिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ