नाबालिकासंग अश्लिल च्याट गरेको भन्दै अष्ट्रेलियामा एक पुरुषलाई झण्डै ३ वर्ष जेल
सिड्नी/ अष्ट्रेलियामा सबै खाले बालदुराचारलाई नियन्त्रण गर्न कानुन निकै कडा पारिएको छ । हालै मात्रै एक ४३ वर्षिय पुरुषलाई न्यु साउथ वेल्सको कोटुम्बा जिल्ला अदालतले नाबालिकासंग अश्लिल प्रकारको च्याट गरेको भन्दै २ वर्ष १० महिना जेल सजाय सुनाएको छ ।
संघिय प्रहरी एसफपीको अनुसन्धानले ब्लुमाउण्टेन नजिक कोटुम्बाका स्थानिय ती पुरुषले नाबालिकासंग अनलाईनबाट यौनजन्य कुराकानी गरेको पत्ता लगाएको थियो । लगत्तै गत जनवरी ११ तारिखमा ती पुरुष समातिएका थिए । प्रहरीले आरोपितको घरमा छापा मारेर विद्युतिय उपकरणहरु मोवाइल फोन, ट्याबलेट र कम्प्युटर जफत गरि फारेन्सिक परिक्षण गरेको थियो । त्यसपछि प्रहरीले फौजदारी संहिता १९९५ को खण्ड ४७४ को दफा २७ अनुसार १६ वर्ष मुनीका नाबालिकासंग अनलाईनमार्फ बालदुराचार गरेको भन्दै अदालतमा मुद्दा दर्ता गरेको थियो ।
एएफपीका अनुसन्धान अधिकृत ज्यारेड डनबरले बालबालिकाहरुले अनलाईन र सामाजिक संजालमा बिताउने समय निकै बढ्न थालेकाले अभिभावकहरु यस्तो वातावरणले आफ्नो सन्तानमा पर्न सक्ने जोखिमबारे सचेत हुनुपर्ने बताउनुभयो । अभिभावकले आफ्नो केटाकेटीमा अनलाईनमा चलाउने एप्सको प्राइभेसी सेटिङ र लोकेसन ट्राकिङ र च्याट बन्द गर्ने गर्दा मात्र पनि जोखिम घटाउन सकिने ज्यारेडले बताउनुभयो ।
“If your child or a child in your care is at risk, you can report it to Crime Stoppers on 1800 333 000 and if they are in immediate danger, please call Triple Zero (000) or your local police on 131 444.”
Advice and support for parents and carers about how they can help protection children online can be found at ThinkUKnow, an AFP-led education program designed to prevent online child sexual exploitation.
Members of the public who have any information about people involved in child abuse and exploitation are urged to call Crime Stoppers on 1800 333 000 or report online.
If you or someone you know is impacted by child sexual abuse and online exploitation there are support services available.
ट्याग : #AFP, #nsw
तपाईको प्रतिक्रिया