दुई दिनदेखी बेपत्ता चार वर्षीया बालिका तस्मानियाको झाडीमा फेला परेपछि…!
ब्रिजबेन । दुई दिनदेखी बेपत्ता भएकी चार वर्षीया बालिका शैला फिलिप्स तस्मानियाको झाडीमा फेला परेकि छिन् । परिवारमार्फत परिचालित राहत खोजकर्ताहरू, टास्मान प्रायद्वीप समुदाय र अष्ट्रेलिया वरपरका स्थानीयसँगै प्रहरी समेतको सक्रियतामा शुक्रबार साँझ शैला फेला परेकि हुन् ।
शुक्रबार राति शैलाकी आमा बियान्का पेजले सामाजिक सञ्जालमा पोस्ट राख्दै बेपत्ता भएकी छोरी घर ल्याउन सहयोग गर्नेहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । “मसँग भएका सबै कुराहरू सहित म हृदयदेखि नै सबैलाई धन्यवाद दिन चाहन्छु किन किन कि म यतिबेला मेरो बहुमूल्य छोरीसँग बसिरहेकी छु । SES खोज टोलीहरूले जब शैलालाई टास्मान प्रायद्वीपको झाडीमा फेला पारे जतिबेला हर्षोल्लास मनाइएको थियो ।
SES का मार्क डान्सले “शैला भेटिएको क्षणलाई एक अभूतपूर्व अनुभूति भएको बताउनुभएको छ । १ सय ५० भन्दा भन्दा बढी SES स्वयंसेवकहरू चौबीसै घण्टा खोजिमा खटिएकाले यो नतिजा आएको बताइएको छ । स्थानीय कन्ट्री वुमेन्स एसोसिएसनका विकी स्केग्सले आपतकालिन टोलीलाई सहयोग गर्नुभएको थियो ।
बुधबार दिउँसो साँढे २ बजे स्टोर्मलीमा देखिएकी बालिका त्यसपछि बेपत्ता भएकी थिइन् । बेपत्ता हुनुभन्दा अगाडी उनी २ वटा कुकुरसँग खेलिरहेकी थिइन् । तास्मानिय प्रहरीका निरिक्षक ग्याभिन हेलटले बेपत्ता बालिकाकी आमाले दिउँसो ३ बजेको समयमा बालिका हराएको भन्दै प्रहरीलाई खबर गरेपनि निरन्तर खोजी कार्य जारी राखेपछि सफलता मिलेको बताउनुभएको छ ।
तपाईको प्रतिक्रिया