Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनाबालिग गायीकाले फेरिन बयान, छुट्लान त हिरासत गएका अभिनेता पल ?

नाबालिग गायीकाले फेरिन बयान, छुट्लान त हिरासत गएका अभिनेता पल ?


काठमाडौं । अभिनेता पल शाहबाट बारम्बार बलात्कृत भएको भन्दै जाहेरी दिएकी नाबालिग गायीकाले अदालतको बकपत्रमा बयान फेरेकी छिन् । मुद्दा प्रक्रियाको क्रममा अदालतले नाबालिग र नाबालिग पक्षसँग बकपत्र गराउँदा पलले आफूलाई बलात्कार नगरेको, उक्साहटमा जाहेरी दिएको र प्रहरीले आफ्नो बयान भनेर अदालतमा बुझाएको बयान आफ्नो नभएको दाबी नाबालिगले गरेसँगै मुद्धा प्रक्रिया कमजोर बनेको छ ।

जबकि जाहेरी दर्तापछि पीडित नाबालिगले टेलिभिजन र युट्युबमा अन्तवार्ताका क्रममा आफूमाथि बलात्कार भएको जिकिर गर्दैआएकी थिइन । पछिल्लो बकपत्रमा आफु विरामी रहेको र मानसिक अवस्था समेत ठिक नभएको भन्दै विगतको प्रहरीमा के–के बयान गरेको हो थाहा नभएको भनिएको छ । यता, नायक पल भने प्रारम्भिक सुनुवाइ सकिएर पुर्पक्षका लागि कारागारमा छन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा नाबालिग गायिकाले आफूले दबाबमा जाहेरी दिएको र बयान प्रहरीले आफैँ लेखेको दाबी गरेपछि पलविरुद्धको मुद्धा कमजोर बनेको छ । पल जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा पुनरावेदनमा समेत गएका छन् । पलले समेत बयानमा आफू मादक पदार्थ पिएर आधा बोतल बियर लिएर बालिकाको कोठामा गएको स्वीकार गर्दै बयान दिएका थिए । सार्वजनिक भएको अडियोमा समेत उनले प्रेमी–प्रेमिकाबिच सम्बन्ध हुनु सामान्य नै हो भन्दै गरेको दाबीलाई समेत अदालतको प्रारम्भिक फैशलामा प्रमाणको रूपमा स्वीकार गरेको छ ।

के भन्छन त कानुनका जानकारहरु ?
अधिवक्ता शिव पाण्डेले फैजदारी न्यायप्रणाली रहेको देशमा प्रमाण र पीडितको बयानलाई फैशलाको पहिलो आधार मानिने बताउनुहुन्छ । कुनै मुद्धामा फेरिएको बकपत्रलाई आधार मानिएको, कुनैमा फेरिएको बखपत्रलाई आधार नमानेर पहिलेकै प्रमाण र बयानलाई बलियो प्रमाण मानेर फेरिएको बकपत्रलाई होस्टाइल मान्दै फैशला हुने गरेकाले यहि फैशला आउँछ भन्ने एकिन गर्न नसकिने अधिवक्ता पाण्डेले बताउनुभयो । एउटा न्यायाधीशको प्रारम्भिक फैशलालाई सदर गर्ने र अर्कोले उल्ट्याउने नजिर भएकाले न्याधीशको विबेकमा भरपर्नुपर्ने दाबी उहाँको छ ।

कसरी फेरियो बयान ?
पल कारागार चलान भएपछि नबालिक गायीका आफ्नै घरमा बस्दै आएकी थिइन् । नाबालिग गायिका होस्टाइल बनेसँगै मुद्दामा ट्विस्ट आएको आँकलन गर्न थालिएको छ । उनको बकपत्रले पल शाह पक्षमा खुसीयाली छाएको छ । पलको परिवारले गायिकाको परिवारलाई प्रभावमा लिएर बयान फेर्न प्रेरित गरेको आशंका समेत गर्न थालिएको छ । नावालिग गायिका पक्षका कानुन व्यवसायीले नै भन्नुभयो – होस्टाइल भइन्, बयान पूरै रेडिमेट दिइरहेकी छन् । आफूलाई पलले करणी नगरेको भन्दैछिन् । प्रहरीमा दिएको बयान पनि होइन भन्दै जे लेखेर दिए त्यहि सारेकी हुँ भनिन् । जबकी उनले प्रहरी समक्ष आफूलाई पलले पोखरा, तनहुँ र गैंडाकोटमा गरेर तीनपटक करणी गरेको बताएकी थिइन् । एकाएक अहिले सबै उक्साहटमा हो भन्दैछिन् ।

के छ विगतको नजिर ?
केही मुद्दामा पीडितबाट अदालतमा बयान बदलिए पनि प्रमाणका आधारमा अदालतबाट दोषी ठहर भएका छन् । अनुसन्धान अधिकारी समक्ष गरेको बयान, स्वास्थ्य परीक्षण प्रतिवेदन, लगायतका प्रमाणलाई अदालतले स्वीकार गर्दै अदालतले पीडित होस्टायल भएकाले प्रारम्भिक बयानलाई नै आधार मान्ने गरेको छ भने कतिपय अवस्थामा पीडित भनिएकाहरु नै कारबाहीमा परेका छन् । केही अदालतले पहिला बलात्कारको आरोप लगाउने तर पछि बयान बदल्ने पीडितलाई नै कैद सजायको समेत सुनाएका छन भने यो विषयले न्यायाधीशहरु नै बिवादमा तानिने गरेका छन् ।

जाहेरीकर्ताका बुवाको भने बकपत्र लिन बाँकी नै छ । बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानूनी व्यवस्था समेत रहेकाले पूर्ण फैशला कस्तो आउँछ भन्ने प्रतिक्षा गर्न थालिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ