अपराध गर्ने एउटा हिरासतमा अर्कै, शंकास्पद मृत्युपछि बाहिरियो डरलाग्दो रहश्य !
पुण्यप्रसाद धमला, काठमाडौं । कानुन अनुसार अपराध जस्ले गर्छ सजाय पनि उसैले भोग्नुपर्छ । तर दोषी उम्किएर निदोषहरु धेरै हिरासतमा छन भन्ने चर्चा बेलाबेलामा चल्ने गरेको नेपालमा सबैलाई चकित बनाउने यस्तो एउटा घटना बाहिरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–२ स्थित दैलेखी बंगालाका सुन्दर हरिजन (चमार) लाई विजयविक्रम शाह नाम गरेका व्यक्तिको सजाय भुक्तान गर्न लगाइएको रहश्य बाहिरिएको हो । शाहमाथीको अभियोगको सजाय भुक्तान गर्न फसाइएका व्यक्तिको कारागारमै शंकास्पद मृत्यु भएपछि कारागारमा एउटा व्यक्तिको सजाय अर्कै व्यक्तिले भुक्तान गर्दै आएको खुलासा भएको छ । हरिजनका आफन्तले घटनाबारे जानकारी गराउँदै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग अघि सारेका छन् ।
नेपालगन्ज कारागारबाट परिवारलाई थाहै नदिई रोल्पा कारागार पुयाइएका हरिजनको केही दिनअघि कारागारमै शंकास्पद तरिकाले मृत्यु भएपछि मात्रै नेपालगन्ज कारागारका कर्मचारीले गरेको बदमासी बाहिरिएको छ । प्रहरीले सुन्दरको शव रोल्पा कारागारको शौचालयमा देखेपछि परिवारलाई फोन गरेर ’विजयविक्रम शाहले आत्महत्या गरेका छन्, शव बुझ्न आउनुहोला’ भन्दै खबर गरेका थिए । विजय आफूहरूको मान्छे नभएको बताएपछि सुन्दरको झुन्डिएको अवस्थाको फोटो प्रहरीबाट आएको परिवारका एक सदस्यले बताउनुभयो । यसपछि सुन्दरका दाइ रोल्पा पुगेर शव बुझ्दा पुर्जामा पनि विजयविक्रम नाम नै उल्लेख भएको पाइएपछि निर्दाेषहरु विभिन्न प्रलोभनमा पारिएर कारागारमा रहेको हुनसक्ने डरलाग्दो घटना सतहमा आएको छ ।
आफ्नो परिवारको सदस्यको नाम सुन्दर भएको भन्दै सच्याउन लगाएर आएको दाबी पीडित परिवारले गरेका छन् । यो घटनाले अपराधीहरु खुलेआम हिडेर निर्दोषहरु त फसेका, फसाईएका छैनन भन्ने बर्षौदेखीको आशंकालाई थप गहिरिएर अनुसन्धान गर्नुपर्ने ठाउँमा ल्याइदिएको छ ।
तपाईको प्रतिक्रिया