हावाहुरी पिडितलाई एनआरएनए अष्ट्रेलियाको ४ हजार डलर सहयोग
सिड्नी
गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले बारा र पर्साका हावाहुरी पिडितलाई ४ हजार अष्ट्रेलियन डलर सहयोग गर्ने भएको छ ।
संघको सोमबार बसेको आपतकालिन बैठकले गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदमार्फत ३ हजार र एशोसियसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) मार्फत १ हजार डलर सहयोग गर्ने निर्णय गरेको हो । सहयोग रकम संघको आपतकालिन राहत कोषमार्फत उपलब्ध गराउन लागिएको जारी विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै बैठकले साउदी अरबमा चालकको रुपमा कार्यरत जलेश्वर चौधरीको जीवन रक्षार्थ ब्लड मनीका लागि पनि १ हजार डलर सहयोग गर्ने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया