कुन क्षेत्रमा भारी वर्षा हुँदा सिड्नीका ५० हजारलाई प्रभावित गर्नेगरि बाढी आयो ?
ब्रिजबेन । सिड्नी क्षेत्रका करिब ५० हजार प्रभावित हुनेगरि आएको बाढीको वर्षाको केन्द्रबिन्दु सिड्नीकै दक्षिणमा रहेको ब्रोजर्स क्रीक भनिने सुन्दर उपत्यका रहेको पाइएको छ । अत्यधिक वर्षाका कारण पछिल्लो एक साता सिड्नी क्षेत्रमा बाढी र डुबानको प्रकोप सामना गर्नुपरेको हो ।
निरन्तरको वर्षासँगै साउथ वेल्समा अत्यधिक वर्षाको रेकर्ड कायम गरिएको छ । हक्सबरी नदी र वोलोम्बी ब्रुकमा पनि बाढीको रेकर्ड बनेको छ । क्वीन्सल्याण्ड क्षेत्रमा समेत पछिल्लो दशककै सबैभन्दा बढी वर्षा हुँदा सबैभन्दा चिसो दिनको रेकर्ड कायम भएको छ । यहाँको रेन गेजले गत शनिबारदेखी मंगलबार बिहान ९ बजेसम्म ९३३ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । क्यानबेरा, मेलबर्न र एडिलेड क्षेत्रमा पनि औसत वार्षिक वर्षाभन्दा बढी पानी परेको मापन गरिएको छ ।
अझपनि वर्षादसँगै डुबान र बाढीको जोखिम कायमै रहेको भन्दै नदीतटिय क्षेत्रका बासिन्दाहरुलाई उचाईयुक्त क्षेत्रमा सुरक्षित रहन आग्रह गरिएको छ । राज्य सरकारले कतिपय बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई राहत प्याकेजको घोषणा समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया