Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको मौसम : ब्रिजबेनमा वर्षकै चिसो, क्वीन्सल्याण्डमा शून्यभन्दा तल !

अष्ट्रेलियाको मौसम : ब्रिजबेनमा वर्षकै चिसो, क्वीन्सल्याण्डमा शून्यभन्दा तल !


अष्ट्रेलिया, काठमाडौं । लगातारको वर्षासँगै अष्ट्रेलियाका विभिन्न सहरहरुमा चिसोको रेकर्ड कायम भएका छन् । ब्रिजबेन सहरले आज मात्रै वर्षको सबैभन्दा चिसो बिहानको रेकर्ड बनाउँदा क्वीन्सल्याण्डका धेरै सहरहरूको तापक्रम चिसोभन्दा तल झरेको छ ।

चिसो मौसम अर्को सातासम्म जारी रहने भएपनि हिउँ पर्ने सम्भावना नरहेको बताइएको छ । मौसम विज्ञान ब्यूरो (बीओएम) का अनुसार ब्रिजबेनमा आज बिहानको तापक्रम ७.३ डिग्री सेल्सियस मापन गरिएको छ । पूर्वानुमानकर्ता किम्बा वोङले पश्चिमी उपनगरहरूमा भने एक डिग्री जस्तै चिसो अनुभव गरिएको बताउनुभयो ।

Photo: SE Qld Weather Photography

आज बिहान बाहिर निस्केका मानिसहरूका लागि गाह्रो महसुस भएको र यो राज्यभर नै अनुभव भएको पाइएको छ । आज बिहान ग्रेनाइट बेल्ट शीतले ढाकिएको थियो । एपलथोर्पे क्षेत्रमा माइनस ३ डिग्रीसम्म चिसो मापन हुँदा मध्य र दक्षिणी क्वीन्सल्याण्ड क्षेत्रमा न्यूनतम तापक्रममा उच्च गिरावट पाइएको छ ।

किंगरोय, वेलक्याम्प, वारविक र ओकी क्षेत्रमा आइतबारको तापक्रम माइनसमा झरेको छ । अन्जाक डे देखि सेप्टेम्बर सम्म बढ्ने चिसोलाई स्वभाविक रुपमा लिने गरिएपनि जनजीवन प्रभावित भएको छ । Photo Credit (SE Qld Weather Photography)



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ