Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaराजदूत पोखरेलले बुझाए अस्ट्रेलियाका गर्भनरलाई ओहोदाको प्रमाणपत्र !

राजदूत पोखरेलले बुझाए अस्ट्रेलियाका गर्भनरलाई ओहोदाको प्रमाणपत्र !


ब्रिजबेन, अष्टेलिया । अष्टेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले अस्ट्रेलियाका गर्भनर जनरल डेभिड हर्लीलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ । क्यानबेरास्थित दूतावासले एक विज्ञप्ति जारी गर्दै क्यानबेरास्थित गर्भनर हाउसमा आयोजित औपचारिक कार्यक्रममा पोखरेलले हर्ली समक्ष नेपाली राजदूतका रुपमा ओहोदाको प्रमाणपत्र बुझाएको जानकारि दिएको हो ।

पोखरेललाई गार्ड अफ अनरसहित सम्मान गरिएको छ । गर्भनर जनलर हर्लीले ओहोदाको प्रमाण पत्र बुझ्दै नेपाल र अष्टेलियाको द्विदेशीय सम्बन्ध लामो रहेको स्मरण गराउनुभएको र पोखरेलको सफल कार्यकालका लागि शुभकामना दिनुभएको बताइएको छ । हर्लीले नेपाल अस्ट्रेलियाबीच रहेको सम्बन्ध विश्वास, समझदारी र सहकार्यका कारण थप सुमधुर र गाढा बन्ने विश्वास समेत व्यक्त गर्नुभएको दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । राजदूत पोखरेलले नेपालका राष्ट्रपति विद्यादेवि भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट पठाइएको सन्देश गर्भनर जनरललाई सुनाउनुभएको थियो ।

कार्यक्रममा अस्ट्रेलियाली सरकारकातर्फबाट वैदेशिक विभागका अधिकारीका साथै चिफ अफ प्रोटोकलको समेत सहभागिता थियो भने नेपाली टोलीका तर्फबाट दूतावासका अधिकारी सहभागी भएका थिए । राजदूत नियुक्ति भएको करिब एक सातापछि पोखरेल अस्ट्रेलिया आउनुभएको हो । यसअघिका राजदूत महेशराज दहाललाई तत्कालीन सरकारले फिर्ता बोलाएपछि पोखरेललाई नियुक्त गरिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ