नेपाली नयाँ वर्ष मनाउन सिड्नीमा ‘आतिसबाजी’ गरिने
सिड्नी
यसपाली नेपाली नयाँ वर्ष सिड्नीमा विशेष हुने भएकाे छ ।
सिड्नीकाे मुटु मानिने डार्लिङ हार्वरस्थित ओपेरा हाउस नजिकै ‘आतिसबाजी’ (फायरवक्स) गरिने भएकाले यसपालीकाे नेपाली नयाँ विशेष हुने भएकाे हाे ।
छ वर्षदेखि नेपाली नयाँ वर्ष मनाउदै आईरहेकाे ‘हाे र हैन हाेला’ नामक ईभेन्टले नयाँ वर्ष मनाउन यसपाली पटका पड्काउने तयारी गरेकाे हाे । कार्यक्रम अप्रिल १३ तारिख साँझ हुनेछ ।
चीन, भारत र बंगलादेश जस्ता देशकाे विशेष पर्वमा सिड्नीमा आतिसवाजी हुने गरेपनि नेपालीकाे चाडवाडमा भने हुन नसकेकाे हाे र हैन हाेलाका राेशन भट्टराईले गुनासाे गर्नुभयाे । त्यसैले यसपालीकाे नेपाली नयाँ वर्षलाई विशेष बनाउन पहिलाे पटक आतिसबाजी गर्न लागेकाे हाे र हैन हाेलाका राेशन भट्टराईले बताउनुभयाे ।
‘नेपाली नयाँ वर्षलाई अष्ट्रेलियन समुदायमा पनि चिनाउनका लागि यस्ताे जुक्ति निकालेका हाै’ – भट्टराईले भने- लाखाै पर्यटक आउने डार्लिङ हार्वरमा आतिसवाजी गरिदा धेरैले हाम्राे नयाँ वर्षकाे बारेमा थाहा पाउनेछन् ।
नयाँ वर्षमा डुंगा पार्टी समेत हुनेछ । ९ सय ५० जना अट्ने डुंगामा नेपाली संगित र डिजेकाे धुनमा नाचगान समेत हुनेछ । डुंगाबाटै आतिसबाजीकाे रमाईलाे हेर्न सकिनेछ ।
जसका लागि अधिकांश टिकट विक्री भईसकेकेा भट्टराईले जानकारी दिनुभयाे । टिकटकाे ४० डलर ताेकिएकाे छ ।
आतिसबाजीका लागि ईभेन्टले सिड्नीकाे अल अकेजन पाईराे टेक्निक नामक कम्पनीलाई जिम्मा दिएकाे छ ।
टेक्निकले ओपेरा हाउसकाे पछाडी झण्डै ५ हजार पटकाकाे आतिसबाजी गर्नेछ । जसका लागि १२ हजार डलर खर्च छुट्याईएकाे छ ।
तपाईको प्रतिक्रिया