Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआज दशैंको महत्वपूर्ण दिन, टिका र जमरा लगाएर मान्यजनबाट आर्शीवाद ग्रहण गरिदै !

आज दशैंको महत्वपूर्ण दिन, टिका र जमरा लगाएर मान्यजनबाट आर्शीवाद ग्रहण गरिदै !


नेपालीहरुको महान् चाड विजयादशमी अन्तर्गत आज मान्यजनको हातबाट टीका र जमरा लगाएर आशिर्र्वाद लिने दिन । नेपालसहित विश्वभर छरिएर रहेका नेपालीहरुले मान्यजनबाट टीका र आर्शीवाद ग्रहण गरी मनाउदैँ छन् ।

नेपालमा बिहान १०ः ३४ बजे देवी विसर्जन गरी बिहान ११ः ५१ बजे टिका लगाउन उत्तम साईत हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारि दिएको छ । विदेशमा भने राज्य अनुसार फरक फरक समयमा टिका जमरा लगाउने गरिन्छ । अष्ट्रेलियामा समेत उत्तम साईतबाट टिका जमरासहित आर्शिवाद ग्रहण गरेर दशै मनाइएको छ । सिड्नीमा विहान १०ः ४१ बजेको उत्तम साईतबाट, मेलवर्नमा विहान १०ः ५५ बजेबाट, ब्रिजबेनमा विहान ११ः ०५ बजेबाट टिका तथा जमारा लगाइएको छ । एडीलेटमा विहान ११ :२५, क्यानबेरामा विहान १० : ५६, तास्मानियामा विहान १० : २१, पर्थमा विहान ११ : २७ र डार्वीनमा विहान १० : ०६ बजेबाट टिका जमरा लगाएर आशिर्वाद ग्रहण गर्न थालिएको छ ।

विदेशका विभिन्न शहरसँगै अस्ट्रेलियाको बिभिन्न शहरमा बसोबास गर्ने नेपालीहरुले दशैंलाई नेपाली परम्परा अनुसार नै मनाइरहेका छन् । विदेशको दशैं स्वदेशको जस्तो रमाईलो उत्सब नबनेपनि उपलब्ध परिवार, साथीभाई, इष्टमित्र जम्मा भएर टीका लगाउने र रमाइलो गर्दै दशैँ मनाउने क्रमले भने निरन्तरता पाउँदैआएको छ ।

नेपालका कतिपय स्थानमा विजयादशमी र कोजाग्रत पुर्णिमाको दिन मात्रै टिका लगाउने परम्परा भएपनि धेरैजसो स्थानमा विजयादशमीदेखी पुर्णिमासम्म नै टिका जमरा लगाउने गरिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ