४५ मिनेटभित्र नेपालमा दुई भूकम्प, काठमाडौंसहितका केही स्थानमा ठूलो धक्का !
काठमाडौं । सिन्धुपाल्चोकस्थित नेपाल चीन सीमा नाकाको भोटेकोशीलाई केन्द्रविन्दु बनाएर आज ४५ मिनेट भित्र २ वटा भूकम्प गएको छ । सीमा नजिकैको चिनियाँ भूमिमा केन्द्रविन्दु बनाएर ३ बजेर ७ मिनेट जाँदा पहिलो भूकम्प गएको र उक्त भूकम्प ५ दशमलब ९ म्याग्नेच्युटको रहेको बताइएको छ । यसैगरि ४५ मिनेटपछि ३ बजेर ५३ मिनेटमा ४ दशमलब ५ म्याग्नेच्युटको अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारि दिएको हो ।
भूकम्पको केन्द्रविन्दु नजिकै रहेको तातोपानी क्षेत्रमा भने भूकम्पको पहिलो धक्का बेस्सरी महसुस भएको थियो । केही स्थानीयले भागाभाग नै गरेको भएपनि भौतिक र मानविय क्षती भने नभएको बताइएको छ । ३ बजेर ७ मिनेटमा गएको भूकम्पको पहिलो धक्का काठमाडौ उपत्यकासहित आसपासका क्षेत्रमा पनि महसुस भएको छ । यी दुइवटै भूकम्प गोरखा भूकम्पको पराकम्प नभई नयाँ भूकम्प भएको बताइएको छ ।
तपाईको प्रतिक्रिया