नेपालमा प्रदेश र प्रतिनिधि सभा सांसद छान्न ६१ प्रतिशत मतदान ,४ दिनमा सबै नतिजा आउने !
काठमाडौं । आइतबार सम्पन्न नेपालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार ६१ प्रतिशत मतदान भएको जानकारी गराउनु भएको हो ।
सबै विवरण प्रविष्ट हुँदा केही प्रतिशत थप हुन सक्ने आशा गरिएको थपलियाले बताउनुभयो । आयोगले अनुमान गरेको भन्दा निकै थोरै मतदान भएको पाईएको छ । मतदान सुरु हुदैगर्दा प्रमुख निर्वाचन आयुक्त थपलियाले ७० प्रतिशत बढी मतदान हुने बताउनुभएको थियोे ।
यस्तै धेरै स्थानमा शान्तिपूर्ण रुपमा मतदान भएकोमा सुर्खेत, नवलपरासी पूर्व, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा मतदान स्थगित भएको छ । सुर्खेत, नवलपरासी पूर्व र गुल्मी जिल्लाका एक/एक वटा मतदान स्थलमा स्थगित भएका छन् भने बाँकी बाजुराका मतदान स्थलमा स्थगित भएका हुन् । निर्वाचनका क्रममा बाजुरामा एक जनाको मृत्यु नै भएको छ । केही स्थानको मतगणना आजबाटै सुरु गरिएपनि धेरै स्थानमा सोमबारदेखि गरिनेछ । सबै नतिजा ४ दिन भित्रै आउने निर्वाचन आयोगले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया