Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaग्यासको मूल्यबृद्धि रोक्न ट्रेजरी बिल,अष्ट्रेलियाका बिपन्नहरुलाई ठूलो राहत !

ग्यासको मूल्यबृद्धि रोक्न ट्रेजरी बिल,अष्ट्रेलियाका बिपन्नहरुलाई ठूलो राहत !


ब्रिजबेन । यो वर्षको अन्तिम मानिएको अष्ट्रेलियाको संसद बैठकले विद्युतको मूल्यवृद्धिलाई रोक्ने प्रयासस्वरुप ग्यासको मूल्य एक वर्षसम्म सीमित राख्ने बिल (ट्रेजरी) पास गरेको छ । पछिल्लो ट्रेजरी कानूनले अष्ट्रेलियालीहरूलाई ऊर्जा बिल राहत प्रदान गर्न कोष समेत खडा गर्ने बताइएको छ ।

सरकारले संसदबाट पारित गरेको ट्रेजरीले अर्को वर्षको औसत घरायसी बिजुली बिलमा अपेक्षित मूल्य वृद्धिबाट २ सय ३० डलर बराबरको राहत मिल्ने आँकलन गरेको छ । यद्यपी ट्रेजरी तथ्याङ्कका आधारमा यस वर्षको जुनको तुलनामा २०२४ को मध्यसम्ममा औसत घरपरिवारको बिल ७०० डलरले बढ्ने अनुमान गरिएको छ । ट्रेजरीले समेत अर्को आर्थिक वर्षमा बिजुलीको मूल्य ३६ प्रतिशतले बढ्ने आँकलन गरेको छ । अस्ट्रेलियालीहरूले यस वर्षको सुरुवातमै २० प्रतिशतमो मुल्यबृद्धीको सामना गर्नुपरेको थियो । यो महंगीलाई युक्रेनमा रूसको आक्रमणको कारणले पैदा भएको विश्वव्यापी झट्का भनिएको थियो ।

सरकारले ग्यासको मूल्य प्रति गिगाज्युल १२ डलरमा सीमित गर्ने असाधारण कदम चाल्ने प्याकेज सहित सार्वजनिक गरेको ट्रेजरीले आगामी आर्थिक वर्षमा बिजुलीको मूल्य वृद्धि २३ प्रतिशतमा सीमित गर्ने अपेक्षा गरिएको छ । सरकारको “मूल्य राहत योजना“ ले सबैभन्दा कमजोर अष्ट्रेलियालीहरूलाई उर्जा बिलहरूको लागि ३ बिलियन राहत मिल्ने आशा गरिएको छ । जुन राहत प्याकेज राष्ट्रमंडल, राज्य र क्षेत्रीय सरकारहरूले संयुक्त रूपमा भुक्तान गर्ने छन् । Source : abc.news.au



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ