एकाबिहानै उत्तरी अष्ट्रेलियामा ७.६ रेक्टर भूकम्पको धक्का
ब्रिजवेन/ अष्ट्रलियाको नर्दन टेरिटोरी क्षेत्रमा एकाबिहानै भूकम्पको धक्का आएको छ । नर्दन टेरिटोरीको राजधानी डार्बिनबाट झण्डै ६०० किलोमिटर टाढा ईन्डोनेसियाको क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
त्यसको धक्का डार्बिन क्षेत्रमा २ मिनेटसम्म महशुस भएको स्थानियले सामाजिक संजालमा लेखेका छन् । बिहान साढे ३ बजेतिर भूकम्पगएको हो । भूकम्पका कारण डार्बिन क्षेत्रमा मानविय क्षति नभएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् ।
मौसम ब्युरोका अनुसार भूकम्पका कारण सुनामीको खतरा छैन ।
ट्याग : #Earthquake, #Earthquake in Darwin
तपाईको प्रतिक्रिया