रवि लामिछानेले लिए नेपाली नागरिकता, पार्टी सभापतिसँगै आजै गृहमन्त्री बन्ने सम्भावना
काठमाडौं । रवि लामिछानेले आवश्यक कानुनी प्रक्रिया पुरा गरेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । सर्वोच्चको आदेश अनुसार आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर लामिछानेको पुनः नागरिकता लिएको लामिछानेका सचिवालय प्रमुख दीपक बोहराकले जानकारि दिएका हुन ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । सांसद पदसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि रविले गुमाएका थिए । अहिले प्रक्रिया पुरा गरेर नेपाली नागरिकता पुनः प्राप्ति भएको छ ।
आजै रास्वपा पार्टी सभापतिसँगै उपप्रधान एवं गृह मन्त्री बन्ने सम्भावना
लामिछानेले नागरिकता लिइसकेपछि आजै पार्टी सभापति बनाउने तयारी भइरहेको छ । लामिछानेलाई फेरि पार्टी सभापति बनाउन र गृहमन्त्रालयका बारेमा निर्णय गर्न रास्वपाले केन्द्रिय समितिको बैठक बोलाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै फेरि रविलाई नै पार्टी सभापति बनाइने रास्वपा प्रवक्ता मुकुल ढकालले जानकारि दिएका छन् । नागरिकता विवादमा सांसद पदसँगै पार्टी सभापती पद पनि गुमाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत रहेका डोलप्रसाद अर्याललाई कार्यवाहक पार्टी सभापति र संसदीय दलको नेता बनाएको थियो ।
यस्तै रास्वपाले गृह मन्त्रालय आफ्नो भागमा परेको दाबीसहित नछाड्ने अडान लिएको छ । प्रवक्ता ढकालले सत्तारुढ दलबीचको सहमतिका आधारमा गृह आफ्नो पार्टीको भागमा परेकाले छाड्न नसकिने जिकिर गरे । पार्टीको बैठकले गृहमन्त्री को बन्ने भन्ने निर्णय लिने बताइएको छ । संसद नभएको व्यक्ति समेत ६ महिनासम्म मन्त्री बन्न पाउने संबैधानिक व्यवस्थाका आधारमा रविलाई उपप्रधान एवं गृहमन्त्री बनाइने र चितवन–२ को उपनिर्वाचन मार्फत सांसद बनाउने बारेमा सिंगो रास्वपा एकढिक्का जस्तै देखिएको छ । नागरिकता पुनः प्राप्तीसँगै रवि नै पार्टी सभापति, उपप्रधान एवं गृहमन्त्री र उपनिर्वाचन हुँदै चितवन–२ वाटा पुन सांसद निर्वाचित हुने आँकलन गरिएको छ ।
रवि प्रकरणसँगै बलियो रुपमा उठ्दैछ एनआरएनए नागरिकताको माग
रवि लामिछानेको नागरिकता प्रकरणबाट नयाँ अदालती नजिर स्थापित भएसँगै गैह्र आवासिय नेपालीहरु एनआरएनए नागरिकताको पक्षमा खुलेर वकालत गरिरहेका छन् । दोहोरो नागरिकता र राहदानी धेरैको हुनसक्ने आँकलन गरेको एनआरएनएले नागरिकता बिद्येयक तत्काल अघि बढाएर एनआरएनए नागरिकताको व्यवस्था गर्न माग गरेको छ । एनआरएनको कार्यसमिति र विभिन्न समूदायमा क्रियाशिल गैह्र आवासिय नेपालीहरुले समेत राष्ट्रपतिको कार्यालयमा अड्किएको नागरिकता विद्येयक प्रक्रियामा लगेर एनआरएनए नागरिकताको कानुनी हैसियत स्थापित गराउन सरकारलाई खबरदारी गरिरहेका छन् ।
ट्याग : #Rabi Lamichhane Citizen #nepal #nrn #citizen #rabilamichhane #nepaltube
तपाईको प्रतिक्रिया