Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalब्यस्त सडकमै राष्ट्रपति पौडेलको सवारी, यसरी पुगे कुमारी घर (तस्बिरसहित)

ब्यस्त सडकमै राष्ट्रपति पौडेलको सवारी, यसरी पुगे कुमारी घर (तस्बिरसहित)


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार कारगेड नलिइ काठमाडौंको बसन्तपुरमा रहेको कुमारी घरमा पुग्ने र फर्किने क्रममा सडकमा गुडीरहेका गाडी र हिडिरहेका नागरिकले ठूलो राहत महशुस गरेका छन् । राष्ट्रपति पौडेलले शनिबार अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोड्नुभएको हो ।

सडकमा गुडीरहेका गाडीहरुलाई सुरक्षाकर्मीहरुले निर्वाध छाडेर राष्ट्रपतिको सवारी गराएपछि जनताको पिरमर्का बुझ्ने वास्तविक अभिभावकको अनुभवन भएको प्रतिक्रिया आएको छ ।

राष्ट्रपतिको कारगेडसहितको सुरक्षाका कारण सडकमा नागरिकले सास्ती व्यहोर्नु परिरहेका बेला नवनिर्वाचित राष्ट्रपति पौडेलले नागरिकसँगै भिजेर काम गर्ने आफ्नो विगतको प्रतिबद्धता कार्यान्वयको सुरुवात गरेको कतिपयको मत रहेको छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा कारगेडसहितको तामझामले सडक जाम भएको थियो । नागरिकको बिरोध र सास्तीलाई बेवास्ता गरिएको भन्दै राष्ट्रपति पौडेलले आलोचना समेत सहनुपरेको थियो ।

अहिले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र वर्तमान राष्ट्रपति पौडेलको कार्यकालमा ठूलो फरक हुने आँकलन गर्न थालिएको छ ।

फोटो : न्युज एजेन्सी नेपाल



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ