Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा छुरा बोक्नेहरु भटाभट समातिदै, यसरी चलाइदैछ प्रहरी अप्रेशन !

अष्ट्रेलियामा छुरा बोक्नेहरु भटाभट समातिदै, यसरी चलाइदैछ प्रहरी अप्रेशन !


ब्रिजबेन । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यमा चक्कु बोकेर हिड्नेहरु धमाधम पक्राउ पर्दै कानुनी कारबाहीको दायरामा आउन थालेका छन् । शुक्रबार र शनिबार मात्रै चक्कुसहित पक्राउ परेका १५ जनामाथी कानुनी कारबाही अघि बढाइएको हो ।

चक्कु लगायतका हात हतियारको नियन्त्रणमार्फत शान्तिसुरक्षा कायम गराउने ज्याक ल कार्यान्वयन अभियान अन्तर्गत गत शुक्रबारबाट सुरक्षा जाँचलाई तिब्रता दिइएको छ । क्वीन्सल्याण्ड प्रहरीले शुक्रबार र शनिबार दुई दिनमै ५ सय ३० भन्दा बढी मानिसलाई सुरक्षा जाँचको दायरामा ल्याएको छ । १० वटा नाईट क्लब रहेका क्षेत्रमा र ८ वटा सार्वजनिक यातायातका स्टेशन क्षेत्रमा शुक्रबार र शनिबार सुरक्षा जाँच गरिएको थियो । यो अभियान अहिले पनि सार्वजनिक यातायात र नाईट क्लब क्षेत्रमा जारी छ ।

                                                                                               सुरक्षा चाँजको दुई दिने तथ्यांक

गत महिना क्वीन्सल्याण्ड संसदमार्फत पारित भएको ज्याक ल सम्बन्धी नयाँ कानूनले शंका लागेका व्यक्ति उपर कुनैपनि स्थान र समयमा जाँच गर्ने खान्तलासी गर्ने अधिकार क्वीन्सल्याण्ड प्रहरीलाई दिएको छ । छुरा प्रहारका घटना बढिरहेको समयमा प्रहरी यस्ता हाततरियार नियन्त्रणमा सक्रिय बन्न थालेसँगै क्वीन्सल्याण्डवासीहरुले सुरक्षित महशुस गर्न थालेका छन् । दुई वर्षको लागि यो कानुन परिक्षण कालका रुपमा कार्यान्वयन गरिनेछ । ज्याक ल अन्तर्गतको कानुन कार्यान्वयनका लागी राज्यभर सुरक्षा जाँचलाई तिब्रता दिइएको छ ।

                                                                                    सुरक्षा चाँजको दुई दिने तथ्यांक

यसरी बनेको थियो ज्याक ल कानुन
अष्ट्रेलियामा चक्कु प्रहारका घटना घट्ने भन्दा बढ्दो क्रममा देखिएका छन् । प्रहरीले यस्ता घटना रोक्न पहल गर्दैआएपनि कानुनी अपर्याप्तताका कारण शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिन र जाँच गर्न नसक्ने अवस्था विद्यमान छ । सन् २०१९ मा गोल्डकोस्टमा १७ वर्षीया युवाको छुरा प्रहारबाट निधन भयो । यसपछि मृतक ज्याकका आमाबुबाले चक्कु लगायतका हातहतियारको प्रयोगबाट अन्य मानिसले अकालमा ज्यान गुमाउन नपरोस भन्दै कानुन निर्माणमा दबाब दिए । लामो समयको दबाबपछि गत महिना मात्रै ज्याक ल सम्बन्धी कानुन क्वीन्सल्याण्ड संसदबाट पारित भएको छ । अन्य राज्यमा समेत छुरा लगायतका हतियार नियन्त्रणका लागि कानुन निर्माणको आवाज उठिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ