अष्ट्रेलियामा भारतीय विद्यार्थीलाई कडाई, नेपाली विद्यार्थीलाई यस्तो पाठ !
ब्रिजबेन । नक्कली कागजात बुझाएको भन्दै अष्ट्रेलियाका विभिन्न पाँचवटा विश्वविद्यालयले भारतीय विद्यार्थीको भीषामाथी कडाई गरेका छन् । विश्वविद्यालय र डिपार्टमेन्ट अफ होम अफेयर्समा बुझाएका कागजातहरु नक्कली पहिचान भएसँगै अष्ट्रेलियास्थित भिक्टोरिया युनिभर्सिटी, युनिभर्सिटी अफ ओलंगन अष्ट्रेलिया, एडिथ कोभन युनिभर्सिटी, टरेन्स युनिभर्सिटी र साउथदर्न क्रस युनिभर्सिटीले भारतीय विद्यार्थीमाथी कडाई गरेका हुन
द एज र द सिड्नी मर्निङ हेराल्डको खोज रिपोर्ट मार्फत नक्कली कागजात पेश गरेर भीषा लगाउने क्रम भारतीय विद्यार्थीहरुमा धेरै रहेको तथ्य बाहिर ल्याएसँगै यस्तो कडाई गरिएको बताइएको छ । डिपार्टमेन्ट अफ होम अफेयर्सको तथ्यांकले नै ९४ प्रतिशत भारतीय विद्यार्थी भीषा रिजेक्ट भएको देखाएको छ । विश्वविद्यालयको रेटिङ घट्ने र फास्ट ट्राक भिषा प्रक्रियामा असर पर्ने कारण विश्वविद्यालयले कडाई गरेको आँकलन गरिएको छ । भारतीय विद्यार्थीको सिओईमाथी कडाई गरिएसँगै नेपाल लगायतका अन्य देशका विद्यार्थी र शैक्षिक पदामर्शदातालाई समेत झस्काएको छ । शैक्षिक पदामर्शदाताहरुको एउटा संगठन एक्कका उपाध्यक्ष योगेन्द्र पौडेल विश्वविद्यालय र डिपार्टमेन्ट अफ होम अफेयर्समा बुझाएका कागजातहरुबारे सबैभन्दा पहिला विद्यार्थी आफै सचेत र जिम्मेबार हुनुपर्ने बताउनुहुन्छ । नक्कली कागजात पेश गरेर जेनतेन भीषा प्राप्त गरिहालेपनि लामो समयको शिक्षा र बसाईमा सहयोगी भन्दा बोझ बन्नसक्ने भन्दै पौडेल बैधानिक काजदातका आधारमा भिषा प्रक्रिया थाल्न सुझाब दिनुहुन्छ ।
हुनत, यो आर्थिक वर्षमा मात्रै ७० हजार बढीभारतीय विद्यार्थी भेट कलेज अन्तर्गत अष्ट्रेलियामा पठनपाठन गरिरहेका छन् । यो नेपाली विद्यार्थीको तुलनामा दोब्बर हो । तर पछिल्लो भिषा रद्धको दर र धमाधम भैरहेको नक्कली कागजातको पहिचानले बैधानिक कागजातका आधारमा अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई समेत मार पर्नसक्छ । भारतीय विद्यार्थीमाथी बढ्न थालेको अविश्वासबाट जसरी पनि भीषा चाहिने होडमा नक्कली बिवरण र कागजात पेश गर्ने विद्यार्थी र शैक्षिक पदामर्शदाताहरु बेलैमा सच्चिन आवश्यक छ ।
तपाईको प्रतिक्रिया