Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaबैंकिङ कारोबार सहज बनाएर हुण्डिको ठगी रोक्न राजदूत पोखरेलको पहल !

बैंकिङ कारोबार सहज बनाएर हुण्डिको ठगी रोक्न राजदूत पोखरेलको पहल !


ब्रिजबेन । अष्ट्रेलियामा अबैद्य हुण्डिको कारोबार मार्फत नेपाली विद्यार्थीहरु ठगिने क्रमम बढेसँगै अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले बैंकिङ प्रणालीको सहजिकरणको पहल थाल्नुभएको छ । राजदूत पोखरेलले अप्रिल २१ मा अष्ट्रेलियाको केन्द्रीय बैंक रिजर्भ बैंक अफ अष्ट्रेलियाका गभर्नर फिलिप विलियम लोसँग भेटवार्ता गरेर बैंकमार्फत रेमिट्यान्स पठाउने झण्झटिलो प्रक्रियामा सहजिकरण गरिदिन आग्रह गर्नुभएको हो ।

राजदूत पोखरेल र अष्ट्रेलियाका गभर्नर बीचको भेटका क्रममा नेपाल र अष्ट्रेलियाको बैंकिङ सहकार्य, रेमिट्यान्स पठाउने झण्झटिलो प्रक्रिया र शुल्कका बिषयमा छलफल भएको बताइएको छ । वाणिज्य बैंकबीचको आपसी सहकार्य र साझेदारीका विविध विषयमा छलफल भएको क्यानवेरास्थित राजदूतावासले जानकारि दिएको छ । राजदूत पोखरेलले अष्ट्रेलियामा बढ्दो नेपाली समुदायको बारेमा अवगत गराउँदै अष्ट्रेलियामा बाट नेपाल पठाइने रेमिट्यान्सको मोडलाई सहज बनाउन गरेको आग्रहलाई अष्ट्रेलियाका गभर्नरले समेत सकारात्मक रुपमा लिनुभएको बताइएको छ । भेटका क्रममा सहायक गभर्नर (बिजनेस सर्भिसेज) मिशेल म्याकफी, रिजर्भ बैंकका बैंकिङ प्रमुख माइकल प्लम्प र न्यु साउथ वेल्सका अवैतनिक महावाणिज्यदूत दीपककुमार खड्काको सहभागिता रहेको थियो ।

यो पहललाई अष्ट्रेलियास्थित नेपाली समूदायका अग्रजहरुले स्वागत गर्नुभएको छ । बैंकबाट रेमिट्यान्स पठाउन झण्झटिलो प्रक्रिया, शुल्क बढी लाग्ने कारणले हुण्डीको कारोबार फस्टाएको पाइएको छ । यस्ता विभिन्न कारणले सोझा सिधा नेपाली विद्यार्थी थोरै पैसा र सजिलोको खोजीमा लाग्दा हुण्डीबाट लाखौँ लाख ठगिने गरेका छन् । बैंकिङ प्रणाली मार्फत रेमिट्यान्सलाई सहजिकरण गरिएमा हुण्डिको कारोबारसँगै बढ्दै गरेको अबैद्य आर्थिक कारोबारको ठगी समेत रोकिने अपेक्षा गरिएको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ