भुकम्पले ढालेको विद्यालय उठाउन सिड्नीमा ‘रात्रीभोज’
सिड्नी
सन् २०१५ को बिनासकारी भुकम्पले क्षतविक्षत भएको नुवाकोटको एक प्राथमिक विद्यालय पुननिर्माणका लागि सिड्नीमा च्यारिटी डिनर ‘रात्रीभोज’ हुने भएको छ ।
अष्ट्रेलियामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसिएसन एनएएले विद्यालय भवन बनाउन सहयोग जुटाउन लागेको हो ।
अर्थ संकलन कार्यक्रम ३० जुन आइतवार अलउडमा रहेको एडिन प्लेसमा हुँदैछ ।
सन् २०१५ को बिनासकारी भुकम्पबाट क्षति भएको नुवाकोट जिल्लाको तादी गाउँपालीका वडा नम्वर १ मा रहेको गंगादेवी प्राथमिक विद्यालय पून निमार्ण गर्न सहयोग गर्ने उद्देश्यले कार्यक्रम हुन लागेको हो । एनएए का अध्यक्ष डा मधु पुडासैनीका अनुसार लायन्स क्लव अफ काठमाण्डौसँगको सहकार्यमा पाँचकोठे विद्यालय भवन निर्माण भईरहेको छ । यस अघि लायन्स क्लव, विद्यालय ब्यवस्थापन समिति र एनएए बीच गत बर्ष सम्झौता भएपछि ३१ हजार अष्ट्रेलियन डलरको सहयोग नेपाल पठाइसकेको छ ।
निर्माण सामाग्रीको मुल्यबृदी र अन्य खर्चका कारण विद्यालय भवन निर्माण खर्च बढेकोले थप सहयोगको लागि यो अर्थ संकलन कार्यक्रम आयोजना गरिएको अध्यक्ष पुडासैनीले बताए ।
अर्थ संकलन कार्यक्रममा चर्चित कलाकारहरुद्धारा नेपाली गीत संगित, नृत्य, प्रहसनको साथै र्याफल र अक्सन पनि हुनेछ । यो कार्यक्रमबाट संकलन भएको सम्पूर्ण रकम विद्यालय भवन निर्माणका लागि नेपाल पठाइने छ ।
कार्यक्रममा नेपाली दुतावास, महाबाणिज्यदुतको कार्यालय न्यु साउथ वेल्स, न्यु साउथ वेल्स सांसदका उप सभामुख मार्क कुरी, छाया बहुसास्कृतिक मन्त्री तथा सांसद सोफी कोटिस्ट स्थानिय काउन्सिलका काउन्सलरहरुको पनि सहभागिता रहने छ ।
नेपाली अष्ट्रेलियन एसोसिएसन सन् १९७६मा दर्ता भएको सबै भन्दा पुरानो नेपाली सामुदायिक संस्था हो ।
तपाईको प्रतिक्रिया