Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा जन्ती बस दुर्घटना :१० जनाको मृत्यु, २५ जना घाइतेको उपचार हुँदै !

अष्ट्रेलियामा जन्ती बस दुर्घटना :१० जनाको मृत्यु, २५ जना घाइतेको उपचार हुँदै !


ब्रिजबेन । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर भ्याली क्षेत्रमा जन्ती बस दुर्घटनामा परेर १० जनाको मृत्यु भएको छ । जुन ११ तारेखका दिन राती साँढे ११ बजे भएको सडक दुर्घटनामा परेर थप २५ जना घाइते भएका छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानिजले घटनाप्रति दुःख व्यक्त गर्दै मृतक परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । न्यु साउथ वेल्स प्रहरीले ५१ वर्षीया बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारण खोजी गरिरहेको छ । सेसनकका मेयर जय सुवलले बस दुर्घटनालाई ‘भयानक’ भन्दै दुःख व्यक्त गर्नुभएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । १८ यात्रु भने सो दुर्घटनाबाट जोगिएका छन् । प्रहरीका अनुसार घटनापछि आपतकालीन सेवालाई घटनास्थलमा परिचालन गरेर उद्धारलाई प्रभावकारी बनाइएको थियो ।

घाईते चालकलाई प्रहरी सुरक्षामा अस्पताल लगिएको थियो । घाइते पीडितहरूलाई सडक र हवाई मार्गबाट हन्टर उपत्यकाका धेरै अस्पतालहरूमा लगेर उपचार गरिएको छ । न्यू ल्याम्बटन हाइट्सको जोन हन्टर अस्पताल र वाराताहको मेटर अस्पतालमा उपचार गरिएको भैरहेको छ । अष्ट्रेलियाका एक खेलाडीको बिवाहमा पुगेर फर्किएको जन्ती बस दुर्घटनामा परेकाले यहाँ विभिन्न खेल क्षेत्रमा आवद्धहरु समेत रहेको आँकलन गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ