‘प्रेमि’ले थुनाएका प्रभातलाई धरौटीमा रिहा गर्न अदालतको अनुमति !
काठमाडौं । बलात्कार,अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका बागलुङका प्रभात बसेललाई १ लाख धरौटीमा रिहा गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत पोखराले बलात्कारको मुद्दामा केही सर्त सहित १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
प्रभातविरुद्ध म्याग्दीकी २२ वर्षीया युवतीले जेठ ७ गते जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धनको आरोप लगाउँदै मुद्दा दर्ता गराएकी थिइन् । प्रभातलाई जायरवाला ४३ ९४०० ले ०७९ फागुन ६ गते अपहरण गरेर बन्धक बनाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएकी थिइन । उजुरीमाथिको अनुसन्धान सकेर यसैसाता प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।
प्रभातका आफन्त र साथीले केटीका अभिभावकले स्वीकार गर्छौ भनेर बोलाएर केटा, केटीलाई छुट्टाएको, पछि केटीलाई उचालेर प्रभात विरुद्ध मुद्दा हाल्न लगाएको आरोप लगाउँदै आएका छन् । जायरवाला र उनका परिवारले भने यो आरोप अस्वीकार गदै आएका छन्। जायरवाला र प्रभात १५ दिन भारतको कलकत्तामा समेत बसेर फर्किएका थिए।
यसअघि नै अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले साँढे २ लाख धरौटीमा छोड्न अनुमति दिएको थियो । प्रभात पोखरामा परेको जबरजस्ती करणीको मुद्दाको कारण प्रहरी हिरासतमा रहदैआएका थिए । अब भने कानुनी प्रक्रिया पूरा गरेर धरौटीमा प्रभात रिहाइ हुनेछन् । धरौटी बुझाउन नसकेमा भने सो बराबरको कैद हुनेछ ।
तपाईको प्रतिक्रिया