Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia८४ वर्षीया बुबा सिड्नीको अस्पताल शैयामा छट्पटाउदै, सकेको सहयोग गरौँ !

८४ वर्षीया बुबा सिड्नीको अस्पताल शैयामा छट्पटाउदै, सकेको सहयोग गरौँ !


सिड्नी । उपचार खर्चको अभावमा सिड्नीको एक अस्पतालमा छट्पटाईरहनुभएका ८४ वर्षीया बुवालाई बचाउन गो फण्डमी अभियान सुरु गरिएको छ । नाती भेट्ने र घुमघाम गर्नेगरि उद्देश्यले सिड्नी आउनुभएका बुबाको ओभरसिज भिजिटर्स इन्सुरेन्स (पर्यटक स्वास्थ्य बिमा) नभएका कारण खर्चिलो उपचार धान्न गो फण्डमी अभियान थालिएको हो ।

विगत १ वर्षअघि सिड्नी आएर अध्ययनरत नाती शिव घिमिरेले फोक्सोमा पानी जमेर बिरामी परेपछि उपचारका लागि अस्पताल लगिएको जानकारि दिनुभयो । स्वास्थ्य बिमा नभएकाले दिनमै २, ३ हजार डलर उपचारका नाममा खर्च भैरहेको र सहयोग अभियान थाल्नुपरेको उहाँले बताउनुभयो । अष्ट्रेलियामा पाको उमेरका हजुरबुबा, हजुरआमा, बुबा, आमालाई बोलाएर घुमाउन खोज्दा बारम्बार धेरैले उपचार खर्च अभावका यस्ता धेरै समस्या व्यहोर्नु परिरहेको छ । आफन्तलाई अष्ट्रेलिया बोलाउने समयमा २,३ सय डलर खर्चेर स्वास्थ्य बिमा गर्न गराउने विभिन्न विज्ञहरुले बारम्बार सुझाब पनि हेलचेक्राई गर्दा यस्ता समस्या ब्यहोर्नुपरिरहेको छ ।

स्वास्थ्य बिमा नभएकै कारण अस्पतालमा छट्पटाइरहनुभएका यी ८४ वर्षीया बुबालाई बचाउने दायित्व अब नातीसँगै तपाई हाम्रो काँधमा आएको छ । सबैले सकेको सहयोग गरेर बुबालाई बचाउन गो फण्डमीको यो लिंक मा जान सक्नुहुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ