वेष्टर्न अष्ट्रेलियाको समुन्द्री तटमा दर्जन बढी ह्वेलको मृत्यु,फसेका ६० हाराहारी ह्वेल कसरी बचाउने ?
ब्रिजबेन । वेष्ट्रन अष्ट्रेलियाको समुन्द्री तटमा फसेका ७०/८० बढी ह्वेल मध्ये केही दर्जनको निधन भएको पाइएको छ । बायो डाइभर्सिटीका कर्मचारी र भोलिन्टियरहरुले समुन्द्रमा फर्काउन अथक प्रयास गरिरहदा केही दर्जन ह्वेल मृत भेटिएको खबर बाहिरिएको हो ।
जुलाई २५ मा वेस्टर्न अष्ट्रेलियाको चेनिज बीचबाट एउटै समूह बनाएर घुमिरहेका ह्वेलहरु जुलाई २५ को साँझ बालुवाको तटमा छट्पटाउदै गरेको अवस्थामा फेला परेका थिए । राति पानीमा फर्काउन असफल भएपछि आज विहानै यस्तो दुखद दृश्य देखिएको छ । अझै ५०/६० वटा ह्वेल बालुवाको तटमा फसेको आँकलन गरिएको छ । बाँकी फसेका ह्वेललाई सकुसल पानीमा फर्काउने प्रयासमा बायो डाईभर्सिटीका अधिकारीहरु रहेका छन ।
बैज्ञानिकहरुले अदभूत असामान्य दृश्यका रुपमा लिएको यो घटना के कति कारणले भयो एकिन भएको छैन । यधपी पानीमा हिड्दा बाटो पत्ता लगाउने नेभिगेशन सिस्टममा आएको खराबी, अर्कस डल्फिन माछाले खाने भयबाट डराएर भएको भागाभागले बालुवाटारमा पुगेको हुनसक्ने बैज्ञानिक अनुमान छ । यसअघि समेत २०२२ मा तास्मानियामा २३० र २०१८ मा वेष्टर्न अष्ट्रेलियामै १५० ह्वेलको बालुवा तटमा फसेर मृत्यु भएको थियोे ।
तपाईको प्रतिक्रिया