टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८।२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनायो । नेपालका आशिफ शेखले अर्धशतक बनाए भने ४८ रन बनाएका सोमपाल कामी मात्र २ रनले अर्धशतक बनाउनबाट चुके नेपालका ओपनयद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात गरेर पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे । नेपालको राम्रो थालनीमा भारतको तीन क्याच ड्रपले सहयोग पुगेको थियो । विश्वस्तरका भारतीय बलरहरु मोहम्मद सामी, मोहम्मद सिराज र हार्दिक पाण्डेको बलमा दुई छक्का र तीन चौका प्रहार गरेका भुर्तेललाई दशौं ओभरको पाँचौं बलमा शार्दुल ठाकुरले आउट गरेपछि नेपाल दबाबमा पर्यो ।
ओपनिङ साझेदारी टुटेपछि पनि आसिफले एउटा इण्ड सम्हाले तर विकेट पतन जारी रह्यो । भीम सार्की ७, रोहितकुमार पौडेल ५ र कुशल मल्ल मात्र २ रनमा आउट भए । जतिबेला नेपालको स्कोर १०१्४ थियो । छैटौं नम्बरमा आएका गुल्सन झाले आसिफसँग ३१ रनको साझेदारी गर्दै केही समालिएको प्रदर्शन गरे । तर झा पनि व्यक्तिगत २३ रनबाट माथि उठ्न सकेनन् । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुबैले सातौं विकेटका लागि ५० रनको साझेदारी गरे । ४२ औं ओभरको पहिलो बलमा ऐरी २९ रनमा आउट भए, जतिबेला नेपालको स्कोर १९४्७ थियो । त्यसपछि पनि सोमपालले केही ठूला सर्ट खेले । अर्धशतक बनाउन मात्र २ रन चाहिएको बेला उनी ४७।२ ओभरमा आउट भए । ५६ बलको सामना गरेका सोमपालले एक चौका र दुई छक्को मद्दतमा ४८ रन बनाए ।
नेपालसामू पुरै ५० ओभर खेल्ने अवसर भएपनि सन्दीप लामिछाने रन आउट अनि ललित राजवंशी क्लिन बोल्ड भएपछि नेपाल ४८।२ ओभरमा २३० रन बनाएर अलआउट भयो । भारतका लागि मोहम्मद सिराज र रवीन्द्र जडेजाले समान ३र३ विकेट लिए भने मोहम्मद सामी, हार्दिक पाण्डेय र शार्दुल ठाकुरको नाममा एकरएक विकेट रह्यो ।
यसअघि नेपाल एसियन कपको उद्घाटन खेलमा समेत पाकिस्तानसँग पराजित भैसकेको छ । पाकिस्तान बिरुद्दको खेलमा कमजोर प्रदर्शन गरेको नेपालले भारतसँगको खेल हारेपनि केही सुधारिएको प्रदर्शन गरेर दबाबमा राखेपछि आम खेलप्रेमिको प्रशंसा पाएको छ ।
तपाईको प्रतिक्रिया